मुख्य समाचार
दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै
दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै

: दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूको बन्दसूची आइतबारबाट बुझाउँदै छन्। फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिकका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले आइतबार र सोमबारको समय तोकेको छ। बन्दसूची भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ। अपराह्न ४ बजेसम्म बन्दसूची बुझाउने समय तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० सिटका लागि दलहरूले उम्मेदवारहरूको बन्द सूची पेस गर्नुपर्छ। समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन निवेदन दिएका मध्ये १ सय दललाई निर्वाचनमा जान आयोगले स्वीकृति दिएको थियो। आयोगमा हाल १ सय ३७ दल कायम भएका छन्।


बन्दसूची पेस गर्न आयोगले दलहरूलाई जानकारी गराइसकेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोकेबमोजिमको विधि, प्रक्रिया, प्रमाण एवं कागजात पूरा गरेर रितपुर्वक उम्मेदवारको बन्दसूची बुझाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

संविधान तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (५)मा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई ध्यान दिई जनसंख्याको आधारमा अनुसूची १ बमोजिम दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम समेतको समानुपातिक प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम बन्दसूची पेस गर्नुपर्छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नसमेत आयोगले दलहरूलाई जानकारी गराएको छ। ‘निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीका लागि सार्वजनिक गर्न सक्ने व्यहोरा अनुरोध गरिन्छ,’ आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा ...
— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ । रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । ...
— उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ । काठमाडौं त्रिपुरेश्वरमा शनिबार बसेको बैठकले नयाँ राजनीतिक शक्तिहरूसँग एकताको संवाद गर्ने अधिकार अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ । पार्टी प्रवक्ता राजु थापाका अनुसार सबै राजनीतिक दलको सहअस्तित्व स्थापत हुने गरी एकता गर्नुपर्ने निर्णय भएको छ । थापाले पार्टी केन्द्रीय समिति ...
: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ। प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ...
— प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम