मुख्य समाचार
मोरङमा प्रहरीले हवाई फायर गरेर शनिबार राति गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा
मोरङमा प्रहरीले हवाई फायर गरेर शनिबार राति गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा

: मोरङमा प्रहरीले हवाई फायर गरेर शनिबार राति गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको हो। गाँजा ओसारपसार एवं कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०:३० बजेतिर हवाई फायर गरेको थियो।


नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरेका थिए। खनाल नेतृत्वको टोली पुग्दा टाउकोमा गाँजाको बोरा राखेर भारततिर ओसारपसार गर्ने काम भइरहेको थियो। ओसारपसारमा संलग्नहरु प्रहरीलाई देख्नसाथ गाँजाको बोरा फालेर फरार भएका थिए। त्यस क्रममा प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो।

प्रहरीले गोली चलाएर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको छ। गोली भने कसैलाई पनि लागेन। दुवै जनालाई पक्राउ गरेर बरामद भएको गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। एसपी कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको जानकारी दिए। बरामद भएको गाँजासहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए। दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छल्दै नेपाल–भारत सीमा क्षेत्र नजिक भण्डारण गरेर राख्ने र त्यहाँबाट भारत लैजाने गरिएको छ। गाँजा भारत कटाउने प्रयास हुँदै गर्दा गोली चलाउनु परेको प्रहरीले जनाएको छ। नेपालमा भन्दा मूल्य दोब्बर पर्ने भएकाले पनि अवैध गाँजा भारत पु¥याउने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ। सीमा क्षेत्रबाट हुने गरेको लागुऔषधको कारोबार नियन्त्रण गर्न निगरानी र कारबाहीलाई कडा बनाइएको जानकारी एसपी कटवालले दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा ...
— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ । रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । ...
— उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ । काठमाडौं त्रिपुरेश्वरमा शनिबार बसेको बैठकले नयाँ राजनीतिक शक्तिहरूसँग एकताको संवाद गर्ने अधिकार अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ । पार्टी प्रवक्ता राजु थापाका अनुसार सबै राजनीतिक दलको सहअस्तित्व स्थापत हुने गरी एकता गर्नुपर्ने निर्णय भएको छ । थापाले पार्टी केन्द्रीय समिति ...
: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ। प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ...
— प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम