। उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् ।
चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए ।
गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ।