मुख्य समाचार
सकेसम्म नियमित महाधिवेशन नै सम्भव बनाउनुपर्ने
सकेसम्म नियमित महाधिवेशन नै सम्भव बनाउनुपर्ने

। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सकेसम्म नियमित महाधिवेशन नै सम्भव बनाउनुपर्ने बताएका छन् ।

शुक्रबारको कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले नियमित महाधिवेशन सम्भव नहुने हुँदा मात्रै विशेष महाधिवेशन नै गर्नुपर्ने बताए ।

‘अझै पनि नियमित महाधिवेशन गर्न सकिन्छ भन्ने थोरै सम्भावना बाँकी छ,’ शर्माले बैठकमा भने, ‘तर त्यसका लागि नियमित महाधिवेशनको कार्यतालिका हेरफेर गरेर १५ औं महाधिवेशन संभव बनाऔं ।’

त्यसका लागि अविलम्ब कार्यतालिका हेरफेर गर्नुपर्ने पनि बताए ।


‘तर अविलम्ब कार्यतालिका हेरफेर गर्दै, नियमित महाधिवेशन संभव बनाउन सकिन्न भने तत्कालै बिशेष महाधिवेशनको प्रक्रिया थालनी गरौं,’ उनले बैठकमा भनेका छन् ।

पार्टी कार्यालयमा विशेष महाधिवेशन पधक्षरहरूले विशेष महाधिवेशन आह्वान गर्दै स्मृतिपत्र दर्ता गराएका थिए ।

त्यसलाई पनि गम्भीरताका साथ लिन महामन्त्री शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको प्रयास चलिरहेका बेला उनको यस्तो भनाइ आएको हो । उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको बौद्धमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ...
। निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै रीतपूर्वक बन्दसूची पेश गर्न आग्रह गरिएको जानकारी गराएका छन् । आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ । जस अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ...
। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको शनिबार उद्घाटन गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन् । कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए । पहिलो चरणको किन्डर ओलम्पिकमा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए । आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए । ‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? ...
। वैकल्पिक शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइराख्दा यसअघि संसदमा रहेका शक्तिहरू पनि निरन्तर संवाद्‌मा छन् । १० मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । उक्त भेटमा डा. आरजु राणा पनि थिइन् । उनीहरूबीच यही पुस ७ गते फेरि भेट भयो । भेटमा एमालेका महासचिव ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम