मुख्य समाचार
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था

: सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ।

नयाँ व्यवस्था अनुसार प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन्। प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन। प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा लाइनको सुरक्षित सञ्चालन, मर्मतसम्भार र सार्वजनिक सुरक्षालाई ध्यानमा राखी लाइनको केन्द्रबाट दायाँ र बायाँ दुवैतर्फ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोकिएको हुन्छ। राइटअफ वेको चौडाइ प्रसारण लाइनको भोल्टेज स्तर, टावरको उचाइ, तारको झुन्डिने अवस्था स्याग तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण गरिन्छ।


६६ तथा १३२ केभी प्रसारण लाइनका लागि तारेको केन्द्रबाट दायाँवायाँ ९/९ मिटर गरी १८ मिटर, २२० केभी प्रसारण लाइनको १५/१५ गरी ३० मिटर र ४०० केभीको २३/२३ गरी ४६ मिटर राइट अफ वे रहने व्यवस्था छ। प्रसारण लाइन निर्माण गर्दा टावर प्याड रहने ठाउँको जग्गा मुआब्जा रकम दिएर अधिग्रहण गरिन्छ। अर्थात जग्गाको स्वामित्व आयोजनाको नाममा रहन्छ। तर, राइट अफ वेमा भने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ। हाल राइट अफ वेमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिँदै आएको छ।

सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो। ‘सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिई त्यस्तो जग्गामा परेको विद्युतीय प्रसारण लाइनको राइट अफ वे क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानून बमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिनेछ,’ भूउपयोग नियमावलीमा उल्लेख छ।

प्रसारण लाइनको राइट अफ वेमा पर्ने निश्चित क्षेत्र पर्ने तर पुरै क्षेत्रको कित्ताकाट नहुँदा जग्गाधनीहरुलाई कित्ताकाट, नामसारी तथा बैंक तथा वित्तीय संस्थामा धितो राख्न नपाउँदा आर्थिक तथा सामाजिक समस्या पर्दै आएको थियो। अब राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रलाई कित्ताकाट गर्न सकिने हुँदा जग्गाको कारोबार सहज हुने र जग्गाधनीले आफ्नो सम्पत्तिको कानुनी उपयोग गर्न पाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ। गृहले केन्द्रीय व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई सरुवा गरेको हो। यसअघि उनी नुवाकोटका सीडीओ थिए। त्यस्तै सहसचिव राजन पौडेललाई भोजपुर, सहसचिव लक्ष्मी प्रसाद पौडेललाई पर्वतको सीडीओ, सहसचिव रेखा कँडेललाई खोटाङको सीडीओ, सहसचिव शान्तिराज प्रसाईलाई प्युठानको सीडीओ र उमेश ढुंगनालाई लमजुङको सीडीओमा सरुवा ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य भइसकेको बताएका छन्। विशेष महाधिवेशन पक्षधरको पत्र बुझ्दै महामन्त्री थापाले पार्टीको विधानमै विशेष महाधिवेशनको प्रावधान रहेको र त्यो अनिवार्य भइसकेको बताए। महामन्त्री थापाले पार्टीको १५औं महाधिवेशन नहुने स्थिति आएका कारण विशेष महाधिवेशन गर्नैपर्ने बताए। 'विशेष महाधिवेशनको स्मरण पत्र पाएका छौं। यो पत्रबारे चालु केन्द्रीय कार्यसम्पादन ...
: बिना भिसा भारततर्फ जान लागेका एक अमेरिकी नागरिक पक्राउ झापाको भद्रपुर नाकामा पक्राउ परेका छन्। आज दिउँसो साढे १ बजे भद्रपुर नगरपालिका-५ स्थित मेची पुल पारी सीमा नाका तैनाथ सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा अमेरिकन नागरिक ३६ वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएको हो। अमेरिकाबाट थाइल्यान्ड हुँदै नेपाल भ्रमणमा आएका क्युटीलोस्कीको भिसा म्याद सकिएको दुई महिना ...
:सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिट खारेज गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा,नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आयोगका अध्यक्षसहित तीनजनाविरुद्धको परेको रिट खारेज गर्ने निर्णय सुनाएको हो। यसअघि सर्वोच्चले उक्त रिटमा लिखित जवाफ माग गर्दै कारण ...
: निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस अब समाप्त भएको बताएका छन्। शुक्रबार निर्वाचन आयोगमा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना शुभारम्भ कार्यक्रममा बोल्दै उनले आयोग घोषित मितिमै देशभर एकै पटकमा र्वाचन गराउने तयारीमा धेरै अघि बढिसकेको र अब फर्किन नसकिने अवस्थामा पुगेको स्पष्ट पारे। उनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम