मुख्य समाचार
ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा चरमपन्थी इस्लामिक (स्टेट आईएस) समूहविरुद्ध अमेरिकाले 'शक्तिशाली र घातक हमला'सुरु गरेको दाबी
ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा चरमपन्थी इस्लामिक (स्टेट आईएस) समूहविरुद्ध अमेरिकाले 'शक्तिशाली र घातक हमला'सुरु गरेको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा चरमपन्थी इस्लामिक (स्टेट आईएस) समूहविरुद्ध अमेरिकाले 'शक्तिशाली र घातक हमला'सुरु गरेको दाबी गरेका छन्।

आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा पोस्ट गर्दै ट्रम्पले आईएसलाई 'आतंकवादी फोहोर'को संज्ञा दिँदै उक्त समूहले 'मुख्यतः निर्दोष इसाइहरूलाई लक्षित गरी क्रूर रूपमा हत्या गर्दै आएको'आरोप लगाएका छन्।


उनका अनुसार अमेरिकी सेनाले आईएसविरुद्ध 'धेरै सटीक आक्रमणहरू' गरेको छ। तर आक्रमण कुन स्थानमा र कहिले गरिएको हो भन्ने विषयमा भने उनले कुनै स्पष्ट विवरण दिएका छैनन्।


यसअघि नोभेम्बरमा ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामिक लडाकू समूहविरुद्ध कारबाहीका लागि अमेरिकी सेनालाई तयारी अवस्थामा रहन आदेश दिएका थिए। बिहीबार अबेर सार्वजनिक अर्को पोस्टमा उनले भनेका छन्,'मेरो नेतृत्वमा, हाम्रो देशले कट्टरपन्थी इस्लामिक आतंकवादलाई फस्टाउन दिने छैन।'

तर, ट्रम्पले नोभेम्बरमा दिएको चेतावनी कुन विशेष घटनासँग सम्बन्धित थियो भन्ने विषयमा भने खुलाएका छैनन्। पछिल्ला महिनाहरूमा नाइजेरियामा इसाइहरूविरुद्ध नरसंहार भइरहेको दाबी अमेरिकाका केही दक्षिणपन्थी समूहहरूमा व्यापक रूपमा फैलिएको छ।

यद्यपि,हिंसा निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले नाइजेरियामा मुस्लिमहरू भन्दा इसाइहरू बढी मारिएको भन्ने दाबी पुष्टि हुने कुनै प्रमाण नभएको बताएका छन्। नाइजेरियाको जनसंख्या मुस्लिम र इसाइ समुदायबीच लगभग समानरूपमा विभाजित छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम