मुख्य समाचार
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन्
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन्

। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको दाबी समेत गरे ।

लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि सो आन्दोलनले प्रदान गरेको उल्लेख उनले गरे ।

‘गत भदौमा जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको अवस्था छ । यसले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको छ । लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसले प्रदान गरेको छ । त्यसैले थप परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन जरुरी छ । निजी शिक्षालयहरुले शैक्षिक गुणस्तरमा थप योगदान पुर्‍याउने विश्वास मैले लिएको छु,’ उनले भने ।

मुलुकमा परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने समेत स्पष्ट पारे ।

सरकार नीतिसँग मेल खानेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन पनि निजी क्षेत्रका शिक्षालहरूको ध्यानाकर्षण गराए ।

‘यसका लागि सरकार नीतिसँग मेल खाने, स्थानीय संस्कृति र मूल्यलाई सम्मान गर्ने पाठयक्रम विकासमा यस संस्थाले सहकार्य गर्दै अघि बढ्नुपर्दछ । शिक्षकलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवर्द्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा योगदान दिनु पर्दछ । समावेशी शिक्षा, समुदायसँग सहकार्य र राष्ट्र निर्माणमा सक्रिय सहभागिता अपेक्षित छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनपछि देशले नेतृत्व खोजिरहेको बेला मौनप्रायः बसेका काठमाडौं महानगरका प्रमुख बालेन शाहले राजनीतिक भेटघाट तीव्र बनाएसँगै नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । मंगलबार राति भर्खरै थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग झन्डै ६ घण्टा लामो संवादलाई बुधबार बालेनले निरन्तरता दिए- विभिन्न जेनजी समूहका अगुवा, वैकल्पिक राजनीतिमा सक्रिय युवाहरू ...
। हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे । बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । परियारलाई पार्टी प्रवेश ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् । बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले आम निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापालाई उद्धृत गर्दै एक पदाधिकारीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन । सूचीमा नाम ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली भेगमा हिमपात र तराईमा शीतलहरले जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रचण्डले गरिब तथा सीमान्तकृत वर्गका जनता बढी पीडीत भएको भन्दै तीन वटै तहका सरकारलाई सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् । त्यस्तै उनले प्रभावित समुदायका लागि आवश्यक सहयोग संकलन जुटाउन र समन्वय गर्न पार्टीका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम