मुख्य समाचार
नेपाली कांग्रेसमा निर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरले स्मरणपत्र बुझाउने
नेपाली कांग्रेसमा निर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरले स्मरणपत्र बुझाउने

। नेपाली कांग्रेसमा निर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरले स्मरणपत्र बुझाउने भएका छन् ।

नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाउन लागिएको हो ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले स्मरणपत्र बुझाउन लागिएको जानकारी गराए ।

‘फास्ट ट्रयाकबाट नियमित महाधिवेशन गर्न उहाँहरु तयार हुनुभएन । हाम्रो प्राथमिकता नियमित महाधिवशेन हो । नियमित हुन नसके विशेषका लागि माग हो,’ घिमिरेले अनलाइनखबरसँग भने ।

२९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो । उक्त प्रस्तावलाई पार्टी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले छलफलको एजेण्डा नबनाएकोप्रति घिमिरेले असन्तुष्टि व्यक्त गरे ।


गत कात्तिक २८ मा काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला । फाइल तस्वीर ।
‘हामीसँगको अनौपचारिक भेटमा विधानअनुसार प्रक्रियामा लाने भन्नुभएको थियो । त्यसो गरिएन,’ घिमिरे भन्छन्, ‘विशेष महाधिवेशन मागकर्तालाई औपचारिक संवादमा समेत बोलाउनु भएन ।’

विधान अनुसार माग गरिएको व्यवस्था कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको भन्दै घिमिरेले केन्द्रीय समितिले विशेष महााधिवेशन आह्वान नगरे मागकर्ताले आह्वान गर्ने दाबी गरे । विशेष महाधिवेशन आह्वान भए यही महिनाको २८ गतेसम्म अवधि छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनपछि देशले नेतृत्व खोजिरहेको बेला मौनप्रायः बसेका काठमाडौं महानगरका प्रमुख बालेन शाहले राजनीतिक भेटघाट तीव्र बनाएसँगै नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । मंगलबार राति भर्खरै थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग झन्डै ६ घण्टा लामो संवादलाई बुधबार बालेनले निरन्तरता दिए- विभिन्न जेनजी समूहका अगुवा, वैकल्पिक राजनीतिमा सक्रिय युवाहरू ...
। हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे । बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । परियारलाई पार्टी प्रवेश ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् । बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले आम निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापालाई उद्धृत गर्दै एक पदाधिकारीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन । सूचीमा नाम ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली भेगमा हिमपात र तराईमा शीतलहरले जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रचण्डले गरिब तथा सीमान्तकृत वर्गका जनता बढी पीडीत भएको भन्दै तीन वटै तहका सरकारलाई सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् । त्यस्तै उनले प्रभावित समुदायका लागि आवश्यक सहयोग संकलन जुटाउन र समन्वय गर्न पार्टीका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम