मुख्य समाचार
स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ
स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ

बारम्बार कार्यालय समयको पालना नगर्दा अर्थात् कार्यस्थलमा ढिलो आउँदा कारबाही हुनु तथा पटक पटकको चेतावनीपछि जागिर नै गुम्नुलाई आश्चर्य मानिँदैन । तर स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ ।

त्यसरी तोकिएको समय भन्दा अगाडि धेरै पटक कार्यालय पुग्नुलाई स्पेनको स्थानीय अदालतले पेशागत आचरणको गम्भीर उल्लंघन भएको ठहर गरेको छ।

स्पेनको अलिकान्तेमा एक डेलिभरी कम्पनीमा कार्यरत एक महिला कर्मचारी धेरै पटक तोकिएको समय भन्दा अगाडि नै कार्यालय आउन थालिन् । लगातार चेतावनी दिँदा पनि तोकिएको समयभन्दा पहिले कार्यस्थलमा आउने गरेको भन्दै कम्पनीले बर्खास्त गरेको थियो।

आफूलाई बर्खास्त गर्ने कम्पनीको निर्णयविरुद्ध ती महिलाले अदालत पुगिन् । अदालतले भने उनलाई बर्खास्त गर्ने कम्पनीको निर्णय सदर गरिदियो ।


समाचार अनुसार बर्खास्तीमा परेकी ती महिलाको करार सम्झौता अनुसार काम गर्दै आएकी थिइन् । सम्झौताअनुसार उनले काम सुरु गर्ने आधिकारिक समय बिहान ७:३० बजे थियो । तर उनी हरेक दिन बिहान ६:४५ देखि ७:०० बजेभित्रै कार्यस्थलमा उपस्थित हुन्थिन्।

व्यवस्थापन पक्षले सन् २०२३ मा नै उनलाई त्यति चाँडो अफिस आउने बानी सुधार गर्न लिखित रूपमा चेतावनी दिएको थियो । व्यवस्थापनको तर्क थियो कि- निर्धारित समयभन्दा धेरै छिटो आउनुपर्ने कुनै काम नै नभएको र त्यसले कम्पनीलाई कुनै योगदान नगरेको कारण उनको त्यो कार्य अनुचित थियो । ती कर्मचारीले व्यवस्थापनको आदेशलाई लगातार बेवास्ता गरेपछि कम्पनीले यस वर्षको सुरुमा उनलाई अविश्वसनीयता, विश्वासको उल्लंघन र अवज्ञाको आरोप लगाउँदै बर्खास्त गरेको थियो।

कम्पनीको निर्णयविरुद्ध उनले अलिकान्तेको सामाजिक अदालतमा दायर गरेको मुद्दामा अदालतले अनपेक्षित रूपमा रोजगारदाताको पक्षमा फैसला गर्‍यो । अदालतले आफ्नो फैसलामा कर्मचारीको बानीलाई ‘खराब आचरण’ मान्नुपर्ने बलियो कारणहरू प्रस्तुत गर्‍यो ।

अदालतले भनेको छ- कर्मचारीको आचरणले कम्पनी र व्यवस्थापनबीचको विश्वास र वफादारीको सम्बन्धमा गम्भीर असर पारेको छ । कम्पनीको पटक-पटकको चेतावनीका बावजुद ती कर्मचारी निर्धारित समयभन्दा चाँडो अफिस प्रवेश गर्ने कुरामा जिद्दी गरिन् । उनको यस्तो व्यवहार आज्ञा पलना नगर्नु र विश्वास भंग गर्ने व्यवहार हो, जसले रोजगार सम्बन्ध समाप्त गर्न जायज ठहर्‍याउँछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम