: सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान देउवालाई भेट्न मन्त्री खरेल देउवा निवास महाराजगन्जमा पुगेका हुन् ।
सचिवालयका अनुसार उनीहरुबिच आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको छ। मन्त्री हुनु अगाडि टेलिभिजनमा काम गर्दै आएका खरेल नेपाल कांग्रेसको क्रियाशील सदस्य रहेका हुन्। उनी २०७८ असोजमा दोलखा जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चुनिएका थिए। कांग्रेसले आगामी १५ औं महाधिवेशन पौषभित्र गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।