मुख्य समाचार
महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने बताए
महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने बताए

: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने बताएका छन्। पार्टी कार्यालयमा जारी कार्यसम्पादनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशन आलटाल गर्ने मञ्जुरी नरहेको बताए।




'महाधिवेशन आलटाल गर्ने विषयमा हामी मन्जुर छैनौं। महाधिवेशनका लागि चाहिने केही कुरा नगर्ने अनि महाधिवेशन छलछाम गर्ने काम हामी स्वीकार्दैनौं,' उनले भने, 'महाधिवेशन नगरिकन, नेतृत्व चयन नगरिकन कांग्रेस चुनावमा जाँदैन।'


महाधिवेशन नगर्ने प्रयास गरिए आफूसँग वैकल्पिक बाटोहरू पनि भएको महामन्त्री थापाले दाबी गरे। 'तर, म अहिल्यै वैकल्पिक बाटोमा जान चाहन्न,' उनले भने। उनले सभापति शेरबहादुर देउवालाई महाधिवेशनका लागि भूमिका खेलिदिन आग्रह पनि गरे।




सभापति देउवाले कार्यवाहकको जिम्मेवारी सुम्पिए पनि त्यो काममात्रको भएको उनले आरोप लगाए। 'पार्टीको सर्वोत्तम हित गर्ने काम सभापतिको हो। पार्टीको अधिवेशन गराउने सम्बन्धमा उहाँले भूमिका खेल्नुपर्छ। जसरी उहाँले आफू नेतृत्व सुम्पिने कुरा गरेर सबैको मन जित्ने काम गर्नुभएको थियो, त्यसरी यो महाधिवेशन सम्पन्न गर्ने भूमिका पनि खेल्नुपर्छ, उनले भने।

महामन्त्री थापाले निर्वाचन जाँदा कांग्रेसले महाधिवेशन त गर्न सकेन भन्ने आरोप खेप्न नपरोस् भनेर सभापतिको ध्यानाकर्षण पनि गराए। उनले संसद पुनर्स्थापनाको विषय अदालतको रहेको र कांग्रेसले फागुन २१ को निर्वाचनमा जाने निर्णय गरेको बताए।

त्यस्तै महामन्त्री थापाले कार्यतालिका संशोधन गरेर भए पनि महाधिवेशन गर्नुपर्ने जिकिर गरे। उनले १६ गते हुने भनिएको वडा अधिवेशनलाई २१ र २१ गते हुने भनिएको क्षेत्रीय अधिवेशनलाई २१ गते सार्न सकिने बताए। तर, महाधिवेशनको मिति चलाउन नपाउने उनले अडान कसे। उनले वडा र क्षेत्रको अधिवेशन सकेर पनि महाधिवशन गर्न सकिने बताए।

पालिका, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशन पछि पनि गर्न सकिने र यसअघि गर्दै पनि आएको उनको भनाइ छ। 'यसअघि पनि थुप्रै जिल्ला र प्रदेशको महाधिवेशन केन्द्रीय महाधिवेशन पछि गरेका छौं। महाधिवेशन एउटै अवस्थामा हुँदैन जुनबेला १६५ क्षेत्रका प्रतिनिधि आउँदैन। त्यही भएर वडा र क्षेत्रको अधिवेशन गरेर भए पनि महाधिवेशन गर्नुपर्छ,' उनले भने।

त्यस्तै क्रियाशील विवाद समाधान गर्न अधिकार सम्पन्न प्रतिनिधि सम्बन्धित ठाउँमा पठाउनुपर्ने प्रस्ताव आफूले गरेको उनले बताए। 'क्रियाशील विवाद भएको र बदनियत राखेको ठाउँमा पार्टीले सर्वाधिकारी सम्पन्न प्रतिनिधि तत्काल फिल्डमै पठाउने। तीन-चार दिन बसेर ती प्रतिनिधिहरूले विधान बमोजिम विवाद समाधान गर्नुहुन्छ। नियतबस क्रियासिल नपठाउने भए त्यो ठाउँलाई पुरानै क्रियाशील सदस्यअनुसार काम अगाडि बढाउने वा भाग नै मिल्न नमिल्ने बनाउने,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान देउवालाई भेट्न मन्त्री खरेल देउवा निवास महाराजगन्जमा पुगेका हुन् । सचिवालयका अनुसार उनीहरुबिच आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको छ। मन्त्री हुनु अगाडि टेलिभिजनमा काम गर्दै आएका खरेल नेपाल कांग्रेसको क्रियाशील सदस्य रहेका हुन्। उनी २०७८ असोजमा दोलखा ...
: खेल्ने क्रममा घरको रेलिङबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ। गत पुस २ गते राति सवा ८ बजेको समयमा झापा बिर्तामोड नगरपालिका- ४ आगमनटोल निवासी रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए। घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी ...
: रौतहटमा जाडो बढ्दै गएपछि जनजीवन प्रभावित हुन थालेको छ। बाक्लो हुस्सु र शीतलहरूका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ भने धेरै पालिकाले विद्यालय बन्द गरेका छन्। चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण सुरू गरेको छ। चन्द्रपुर नगरपालिकाभित्र र पालिकाहरूले मागेको स्थान,सर्वसाधारणको बढी आवतजावत हुने स्थान,चोक–चौतारा तथा ...
: निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाउने दलहरूको दर्ता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ बमोजिम खारेज गरेको जनाएको छ। आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल ...
: खोटाङमा अपरिचित व्यक्तिहरूबाट हुने चोरी र लुटपाटका घटनामा सतर्क रहन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूको शंकास्पद गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारण नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। खोटाङका विभिन्न पालिकाहरूका गाउँ–टोलमा जडिबुटी,धामी–झाँक्री,सरसामान बिक्री गर्ने तथा बास माग्ने बहानामा स्थानीयको घरमा प्रवेश गरी चोरी,लुटपाटजस्ता आपराधिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम