मुख्य समाचार
साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह
साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह

: साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर 'नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम कारोबार 'हुण्डी' गरेको वा सङ्कलित रकम नेपाल नपठाएको' गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था भएबमोजिम कार्य गरिरहेको बताएको छ।


कसैले त्यस्तो गैरकानुनी कारोबार गरेको वा गराइरहेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित दूतावासको इमेल ठेगानामा उपलब्ध गराउन पनि दूतावासले आग्रह गरेको छ।


साउदी अरबमा हुन्डी, सुन तस्करी, मद्यपान ओसारपसार, श्रमिक बिचौलिया आदि कार्यहरू प्रत्यक्षरूपमा नदेखिए पनि सो क्रम बढ्दो रहेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...