: साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर 'नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम कारोबार 'हुण्डी' गरेको वा सङ्कलित रकम नेपाल नपठाएको' गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था भएबमोजिम कार्य गरिरहेको बताएको छ।
कसैले त्यस्तो गैरकानुनी कारोबार गरेको वा गराइरहेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित दूतावासको इमेल ठेगानामा उपलब्ध गराउन पनि दूतावासले आग्रह गरेको छ।
साउदी अरबमा हुन्डी, सुन तस्करी, मद्यपान ओसारपसार, श्रमिक बिचौलिया आदि कार्यहरू प्रत्यक्षरूपमा नदेखिए पनि सो क्रम बढ्दो रहेको पाइएको छ।