: जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बाराका दुईजना कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ घर भएका २५ वर्षीय सुदामा पासवान र अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि बैंकिङ कसूर मुद्दामा कारागार चलान भएका बाराकै परवानीपुर गाँउपालिका वडा नम्बर २ घर भएका ३२ वर्षीय विवेकलाल साह रहेका छन् ।
कारागारबाट भागेपछि लुकिछिपी बस्दै आएको अवस्थामा पासवानलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वबाट मंगलबार राति र साहलाई वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताबाट मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
दुवैजनालाई बुधबार वीरगन्ज कारागारमा लगेर बुझाइएको उनले बताए ।