मुख्य समाचार
उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकता घोषणा
उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकता घोषणा

। कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकता घोषणा गरेका छन् ।

उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गरी संयुक्त रूपमा चुनावमा सहभागी हुने निर्णय सार्वजनिक गरिएको हो ।

२०८२ फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर केही समयदेखि दुवै पक्षबीच निरन्तर छलफल भइरहेको थियो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साह नेतृत्वमा राजनीतिक, वैचारिक तथा चुनावी सहकार्यलाई संस्थागत रूपमा सुदृढ गर्ने सहमति भएको हो ।

घोषणामा पछिल्ला वर्षहरूमा सुशासन, समृद्धि, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति जनआकांक्षा बढ्दै गएको उल्लेख गरिएको छ भने जेनजी आन्दोलनको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यसहित एकीकृत मोर्चाबाट जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्झौताअनुसार दुवै पार्टीले उज्यालो नेपाल पार्टीको दर्ता र संगठन संरचनामार्फत ‘बलेको चिम’ चिन्हबाट संयुक्त उम्मेदवारी दिने, उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीका आधारमा टुंग्याउने, प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालनसहित संयुक्त चुनावी घोषणापत्र तयार गर्नेछन् ।

घोषणापत्रमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, संघीयता र समावेशीता जस्ता विषयलाई केन्द्रमा राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूकेलगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लैनचौरमा रहेको युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले कलेज फि, इन्स्योरेन्स पोलिसीका लागि भन्दै २६ लाख ८ हजार ५६५ रुपैयाँ लिएर ठगी ...
। आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको थसीखेल घर भएका २३ वर्षीय समन श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट पक्राउ गरेको हो । लोक सेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्त पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरी कर्मचारी पोशाक लगाउने र त्यसको आडमा आफ्नो ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको जानकारी गराए । सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग ...
। सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट ३० जनालाई पक्राउ गरेको छ । बिचौलियाको अरोपमा दुई कार्यालयमा काम गर्ने लेखापढी व्यवसायी पक्राउ परेका हुन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘कर्मचारीलाई मिलाउनुपर्छ’ भन्दै सेवाग्राहीसँग पैसा लिएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । ‘जिल्ला प्रशासनमा ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम