मुख्य समाचार
मन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताए
मन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताए

। सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् ।

‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उनले भने, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु । जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’

वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएको तर, कुलमान दलको व्यक्ति भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

त्यस्तै उनले नयाँ दलहरू आपसमा मिलेर चुनावमा जानुपर्ने बताएका छन् । ‘चुनाव यो सरकारको मुख्य कार्यभार हो । चुनावमा जाने भनेपछि सबै नयाँ शक्तिहरू मिल्नुपर्छ भन्नेमा हामी एक छौँ ,’ उनले भने ।

उनले अन्य नयाँ दलहरूप्रति लक्षित गर्दै आफैँ मात्र ठिक भनेरमात्रै नहुने पनि बताए ।

‘चुनावपछिको नेतृत्व सही आउनका लागि सबैले आ आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा पनि योगदान पुर्‍याउनुपर्छ,’ उनले थप भने, ‘जस्तोसुकै किसिमको योगदान पुर्‍याउन पछि हट्नुहुँदैन । आफैं ठिक भनेरमात्रै पनि हुँदैन । सबै एक भएर जानुपर्छ । को–को कसरी हो नयाँ शक्तिहरु सबै मिल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूकेलगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लैनचौरमा रहेको युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले कलेज फि, इन्स्योरेन्स पोलिसीका लागि भन्दै २६ लाख ८ हजार ५६५ रुपैयाँ लिएर ठगी ...
। आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको थसीखेल घर भएका २३ वर्षीय समन श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट पक्राउ गरेको हो । लोक सेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्त पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरी कर्मचारी पोशाक लगाउने र त्यसको आडमा आफ्नो ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको जानकारी गराए । सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग ...
। सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट ३० जनालाई पक्राउ गरेको छ । बिचौलियाको अरोपमा दुई कार्यालयमा काम गर्ने लेखापढी व्यवसायी पक्राउ परेका हुन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘कर्मचारीलाई मिलाउनुपर्छ’ भन्दै सेवाग्राहीसँग पैसा लिएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । ‘जिल्ला प्रशासनमा ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम