मुख्य समाचार
साक्षर बन्यो लुम्बिनी प्रदेश, १३ पुसमा औपचारिक घोषणा
साक्षर बन्यो लुम्बिनी प्रदेश, १३ पुसमा औपचारिक घोषणा

। सिंगो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ ।

दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेश घोषणा गर्ने जानकारी दिए ।

लुम्बिनी प्रदेशमा पर्ने सबै १२ वटै जिल्ला साक्षर भएकाले सिंगो लुम्बिनी प्रदेशलाई नै ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको उनले बताए ।

उनका अनुसार अनुसार दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके र कपिलवस्तु जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा बढी छ । साक्षरता दर उच्च भएका पालिकाहरुमा रुपन्देहीका बुटवल उपमहानगरपालिका र तिलोत्तमा तथा पाल्पाको तानसेन नगरपालिका छन् ।

एसईई परीक्षाको नतिजामा पनि सुधार देखिएको मन्त्री तिमिल्सिनाले बताए । उनका अनुसार शैक्षिक सत्र २०८० मा ३८.६५ प्रतिशत उत्तीर्ण दर रहेकोमा २०८१ मा ६२.०६ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग छलफल भएको उनको भनाइ छ । ‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ ...
। निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ । आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी ...
बैंक तथा वित्तीय संस्था वर्गीकरण गर्ने आधार परिवर्तन गर्न बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव दिएको छ ।
यस वर्ष नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राजनीतिक जटिलताले सिर्जना गरेको परिस्थिति भए पनि देशका लागि यो एउटा ऐतिहासिक उपलब्धि थियो । देशकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्तिले विशेष रुपमा अन्तर्राष्ट्रिय ध्यान आकर्षण गर्‍यो। यद्यपि, नेपालकै सन्दर्भमा भएको अर्को महत्वपूर्ण नियुक्तिले भने कमै चर्चा पाएको देखिन्छ । स्थापना भएको १७२ वर्षपछि, नेपालको ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणका लागि सहजीकरण भन्दै ४ बुँदे परिपत्र जारी गरेका छन् । मंगलबार साँझ सबै जिल्लालाई सम्बोधन गरेर ४ बुँदे परिपत्र जारी गरेका हुन् । ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम