मुख्य समाचार
मन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक
मन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक

। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् ।

उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । उनले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।


मन्त्री घिसिङले यसबीच आफूले जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको समेत बताए । ‘सय दिन सयमका हिसाबले छोटो भए तापनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौं छन्,’ उनले भने, ‘आलोचनबाट नडराइ, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको छु ।’

यसबीच आफूले भाषणभन्दा काम र देखिने नतिजालाई प्राथिमकता दिएको उनले दाबी गरे ।

मन्त्रालयमा बसेर होइन, विकास आयोजनाका वास्तविक समस्या बुझ्न निर्माणस्थलमै पुग्नुपर्छ भन्ने मान्यतासाथ फिल्डमै गएर आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीयसँग प्रत्यक्ष संवादको शैली अपनाएको समेत मन्त्री घिसिङको भनाइ छ । ‘अधुरा सडक एवं पुलका कारण दु:ख भोगिरहेका यात्रु, सिँचाइ अभावले खेत बाँझो राख्न बाध्य किसान लगायतको आवाज नजिकबाट सुन्ने र आयोजनालाई गति दिने प्रयास गरिएको छ,’ उनले भने, ‘एउटा पुल १४ वर्षसम्म पनि निर्माण हुन नसक्ने अवस्था स्वीकार्य हुन सक्दैन ।’

मन्त्री घिसिङले १ सय कामको सूचीमा ‘डेडिटेकेड’ तथा ‘ट्रंक’ लाइनको प्रिमियम बक्यौता किस्ताबन्दीमा असुल गर्न थालिएको राखेका छन् ।

त्यस्तै मौसम सम्बन्धी विशेष बुलेटिन प्रकाशन यो सूचीमा राखिएको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । अपर अरुण जलविद्युत् आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको विषय यो सूचीमा राखिएको छ ।

यसैगरी भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यात भएको सूचीमा उल्लेख छ । भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ ।

त्यस्तै ४० रुग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा रहेका छन् । बीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। २४ भदौको जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का टासी तामाङ रहेका छन् । उनी वन्यजन्तुको आखेटोपहार ओसारपसरा मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । काठमाडौंको गोकर्णेश्वरमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग छलफल भएको उनको भनाइ छ । ‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ ...
। निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ । आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी ...
बैंक तथा वित्तीय संस्था वर्गीकरण गर्ने आधार परिवर्तन गर्न बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव दिएको छ ।
यस वर्ष नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राजनीतिक जटिलताले सिर्जना गरेको परिस्थिति भए पनि देशका लागि यो एउटा ऐतिहासिक उपलब्धि थियो । देशकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्तिले विशेष रुपमा अन्तर्राष्ट्रिय ध्यान आकर्षण गर्‍यो। यद्यपि, नेपालकै सन्दर्भमा भएको अर्को महत्वपूर्ण नियुक्तिले भने कमै चर्चा पाएको देखिन्छ । स्थापना भएको १७२ वर्षपछि, नेपालको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम