मुख्य समाचार
आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा नलैजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूलाई आग्रह
आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा नलैजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूलाई आग्रह

। आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा नलैजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूलाई आग्रह गरेको छ । बिरामी तथा घाइतेको इच्छाविपरीत एम्बुलेन्स चालकले निजी तथा महँगा अस्पतालहरूमा बिरामी लैजाने गरेको गुनासो आउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार सूचना जारी गरी एम्बुलेन्स सेवा निर्देशिका विपरीत हुने यस खालका गतिविधि रोक्न मन्त्रालयले आग्रह गरेको छ । ‘अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो’ सूचनामा भनिएको छ । अघिल्ला अस्पतालले रेफर गरेको र बिरामीले चाहेकै स्वास्थ्य संस्थामा अनिवार्य लैजान एम्बुलेन्स चालकहरूलाई आग्रह गरिएको छ ।




एम्बुलेन्स चालकले आर्थिक लाभका लागि यस खालका कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो ...
। २४ भदौको जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का टासी तामाङ रहेका छन् । उनी वन्यजन्तुको आखेटोपहार ओसारपसरा मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । काठमाडौंको गोकर्णेश्वरमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग छलफल भएको उनको भनाइ छ । ‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ ...
। निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ । आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी ...
बैंक तथा वित्तीय संस्था वर्गीकरण गर्ने आधार परिवर्तन गर्न बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव दिएको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम