। लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।
लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् ।
जनरल अल-हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए ।
एयरक्राफ्टको भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।