मुख्य समाचार
आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा
आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा

। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलका नायक आर्सनलका गोलकिपर केपा अरिजाबालागा बने, जसले निर्णायक पेनाल्टी बचाए। आर्सनल ८-७ ले विजयी भयो ।

निर्धारित समयको खेल पनि रोमाञ्चक रहेको थियो । दुवै गोल खेलको उत्तरार्द्धमा भएका थिए । खेलको ८०औं मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्सले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा बल पुगेपछि आर्सनलले अग्रता लिएको थियो। तर इन्जुरी टाइमको पाँचौं मिनेटमा मार्क गुएहीले गोल गर्दै प्यालेसलाई बराबरीमा फर्काए।

खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भयो। सुटआउटमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्त्यमा केपाले लाक्रोइक्सको पेनाल्टी रोकेपछि आर्सनल ८–७ ले विजयी भयो।

यस जितसँगै आर्सनल सेमिफाइनलमा पुगेको छ र फाइनल प्रवेशका लागि लन्डन प्रतिद्वन्द्वी चेल्सीसँग दुई लेगको भिडन्त खेल्नेछ।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा जितबाट खुसी भए पनि टोलीको समग्र प्रदर्शनबाट भने पूर्ण सन्तुष्ट देखिएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोबल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ ...
: नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन्। मूलपानी मैदानमा क्यानले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टीमको खेल आफूले हेरेको भन्दै टीमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् । नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण ...
: कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने भएको छ। कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता सुनसरीको इनरुवास्थित डा.खलील आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको केपीएल आयोजना गरिनेछ। प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन ...
: नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले आइतबार २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि समावेश छन्। जसमा शेर मल्ल, विनोद भण्डारी, इसान पाण्डे, रुपेश सिंह, अविनास बोहोरा रहेका ...
एसीसी पुरुष यू-१९ एसिया कप २०२५ को फाइनलमा पाकिस्तानले भारतलाई १९१ रनले पराजित गर्‍यो। यो खेल दुबईको आईसीसी एकेडेमी मैदानमा खेलिएको थियो। पहिले ब्याटिङ गर्दै पाकिस्तानले भारतलाई ५० ओभरमा ३४८ रनको लक्ष्य दिएको थियो। जवाफमा भारतीय टोली १५६ रनमा सीमित भयो। भारतले लक्ष्य पछ्याउने क्रममा लगातार चार विकेट गुमायो। कप्तान आयुष म्हात्रे र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम