मुख्य समाचार
रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु
रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु

। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग छलफल भएको उनको भनाइ छ ।

‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ उनले भने ।

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो? भन्ने प्रश्नमा लामिछानले भने, ‘हामी त्यसचरणमा पुगेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्‍यो ।’

उनले फेरि पनि छलफलको तयारी भएको र त्यसपछिमात्रै राजनीतिक छलफल हुने बताए । उनले हामी नेपाली नामक एनजीओका सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी भएको बताए ।

‘अरुसँग पनि कुरा भएको छ । सुदन गुरुङजीसँग, कुलमानजीसँग पनि कुरा गर्छौँ,’ उनले भने, ‘रास्वपाले गर्छ नै यो रास्वपाको जिम्मेवारी नै हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई महासचिव शंकर पोखरेलले वातावरण तयार पारे एमाले चुनावमा जान तयार रहेको बताएका हुन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, एमालेले स्पष्ट रुपमा वातावरण तयार पारेको खण्डमा आफूहरू चुनावमा जान तयार रहेको बताएको जानकारी ...
। विगत केही दिनदेखि तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा हुस्सु, कुहिरो र शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा लाग्न निर्देशन दिएको हो। शीतलहर प्रतिकार्य योजना कार्यान्वयनमा ...
दक्षिण एशियाको लोकतान्त्रिक भविष्य : युवा, प्रविधि र समावेशी विकास
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् । सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेका उनले यस्तो बताएका हुन् । जेनजी जनआन्दोलनबाट बनेको सरकारलाई निर्वाचन गराउने आदेश रहेको र प्राप्त जनादेशअनुसार फागुन २१ मा निर्वाचन अनिवार्य रहेको ...
। जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक आन्तरिम परामर्शमा जुटेका छन् । उनी पार्टीभित्र र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा रहेको स्रोतले बतायो । नेता लेखकले पनि बयानबारे ‘सल्लाह’ गरिरहेको अनलाइनखबरलाई बताए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनले बताए । ‘पत्र हिजो पठाएको छ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम