— सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचनको वातावरण बनाउने बताएका छन् । उनले नेकपाको केन्द्रीय अनुगमन गरेपछि संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी चुनावको वातावरण बनाउन प्रतिबद्ध रहेको बताएको जानकारी दिए ।
नेकपा संयोजक दाहालले पनि चुनावका लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएको मन्त्री खरेलले बताए ।
कांग्रेस चुनावमा जान तयार रहेको जानकारी दिँदै एमालेले पनि चुनावको लागि वातावरण बनाउन आग्रह गरेको र चुनावको वातावरण अनुसार भाग लिने बताएको मन्त्री खरेलको भनाइ छ ।
सञ्चारमन्त्री खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले मंगलबार कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयको अनुगमन गरेका थिए।
भदौ २४ गते प्रदर्शनकारीहरूले प्रमुख तीन दलको कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।