मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् ।

फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए ।

पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो उनको निर्णय हो ।’

ट्रम्पले थपे, ‘उनले खेल्न खोजे भने त्यो नै अन्तिमपटक हुनेछ ।’

पछिल्लो समय भेनेजुयला र अमेरिकाबीचको सम्बन्ध निकै तनावपूर्ण छ । अमेरिकाले केही साताभित्र भेनेजुयलाबाट आउने तेल बोकेका दुईवटा जहाज जफत गरिसकेको छ ।

अहिलेसम्म भेनेजुयलाबाट आएको ४० लाख ब्यारेल तेल नियन्त्रणमा लिइसकेको छ ।

अमेरिकी तटरक्षक बलले भेनेजुएलामाथि लगाइएका प्रतिबन्ध छल्न प्रयोग गरिएको भनिएको ‘डार्क फ्लीट’ अन्तर्गतको तेस्रो तेल ट्यांकरलाई पनि पछ्याइरहेको जनाएको छ ।



ट्रम्पले ती जहाज र तेल अमेरिकाले नै राख्ने, आवश्यक परे बेच्ने वा रणनीतिक भण्डारणमा प्रयोग गर्ने बताएका छन् ।

यसबाहेक भेनेजुयला हुँदै आउने साना डुंगालाई पनि अमेरिकी सेनाले निशाना बनाउँदै आएको छ ।

ड्रग्स बोकेको आशंका भेनेजुयला हुँदै आएका डुंगाहरुमा अमेरिकाले आक्रमण गर्दा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

मदुरोको जवाफ

तेल बोकेका जहाज जफत गर्ने अमेरिकाको कदमलाई भेनेजुयलाले डकौती भन्दै आएको छ ।

भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले अन्यत्र हस्तक्षेप गर्नुभन्दा आफ्नै देशका समस्याहरुमा केन्द्रीत हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव दिएका छन् । ‘उनी आफ्नै देशको आर्थिक र सामाजिक मुद्दामा केन्द्रीत भए राम्रो हुने थियो । आफ्नै देशको मामिलालाई ध्यानमा दिन सके उनलाई विश्वले राम्रो भन्ने थियो,’ मदुरोले भने ।

अमेरिका र उसका सहयोगी देशले भेनेजुयलामाथि आर्थिक नाकाबन्दी लगाएका छन् । यस विषयमा छलफल गर्न भेनेजुयलाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । भेनेजुयलाको प्रस्तावलाई रूस र चीनले समर्थन गरेका छन् ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी कारबाहीले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । चीनले पनि अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भनेको छ ।

भेनेजुयलाका विदेशमन्त्री इभान गिलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई पठाइएको पत्र पढेर सुनाएका छन् । उनले अमेरिकी नाकाबन्दीले विश्वव्यापी तेल तथा ऊर्जा आपूर्तिमा असर पार्ने चेतावनी दिएका छन् ।

भेनेजुयला शान्तिप्रति प्रतिबद्ध भए पनि आफ्नो सार्वभौमिकता, भू–अखण्डता र प्राकृतिक स्रोतको रक्षा गर्न तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम