मुख्य समाचार
पार्टीको महाधिवेशन केही समय पर धकेलिनसक्ने
पार्टीको महाधिवेशन केही समय पर धकेलिनसक्ने

— कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिनसक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन कुनै नौलो कुरा नभएको बताएका हुन् ।

महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको समेत उनको भनाइ छ ।

आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको पनि उनको दाबी छ । नेता कोइरालाले सरकारले निर्वाचन फागुन २१ मा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै नदेखिएको उनको भनाइ छ ।

के भन्छन् शेखर ?

नेपाली कांग्रेसको अधिवेशनले तपाईं, हामी सबैलाई हुँदा हुँदा मिडियालाई पनि किन चिन्ता लागेको हो मैले बुझेको छैन । नेपाली कांग्रेसको अधिवेशनमा यत्रो चिन्ता किन लागेको ? एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार-चार वर्षमा हुनुपर्छ, भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि नेपाली कांग्रेसको अधिवेशनको बारेमा सोध्छ ।


मलाई त दिक्क पनि लाग्छ कहिलेकाहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ? नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ । अब यो पत्रकारहरूले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर । मैले सार्न खोजेको होइन । म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हुँ ।

तर क्रियाशील सदस्य नयाँ थपिए । नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभरी सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला । अर्कैले पठाएको होला । मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले आप्रवासी श्रमिकको अधिकार, सुरक्षा र मर्यादामाथि अझै गम्भीर चुनौती कायम रहेको औल्याउँदै श्रम आप्रवासनका सबै चरणमा सुशासन सुदृढ गर्न सरकार र सरोकारवाला निकायलाई आह्वान गरेको छ । उसले वैदेशिक रोजगारमा जाने श्रमिकले रोजगारीको लागि पैसा तिर्नुपर्ने ब्यवस्थालाई हटाउन निष्पक्ष भर्ना प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित ...
— भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान ...
— पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो । अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर ...
— टिकटकको प्यारेन्ट कम्पनी एवं चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन ओर्‍याकललगायत अमेरिकी कम्पनीसँग साझेदारी गर्ने घोषणा गरे पनि कतिपय विषय अनुत्तरित छन् । मुख्य कुरा, टिकटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिने यसको अल्गोरिदम कसको नियन्त्रणमा रहने भन्ने विषय अझै स्पष्ट भएको छैन । निकै शक्तिशाली मानिने टिकटकको अल्गोरिदमले प्रयोगकर्ताको रुचि र स्वभावअनुसार भिडियो सिफारिस ...
— कैलालीमा एकै दिन २४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ। फरार प्रतिवादी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम