मुख्य समाचार
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा

— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो ।

फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । फाउन्डेसनकी डाइरेक्टर सताक्षी मिश्रका अनुसार फेस्टले करिब ४० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने विश्वास गरिएको छ ।

‘जे गर्छौं नेपालमै गर्छौं’ भन्ने नारासहित आयोजना हुने फेस्टलाई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्चका रूपमा विस्तार गरिएको मिश्रले बताइन् ।

फेस्टलाई आकर्षक बनाउन यस वर्ष विश्वकै सबैभन्दा ठूलो आकारको इँटा, उल्टो घर र डोम हाउस प्रदर्शनीमा राखिनेछ । मिश्रका अनुसार फाउन्डेसनले निर्माण गरेको विशाल इँटालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ता गराउने तयारी भइरहेको छ ।

‘हालसम्म विश्वकै सबैभन्दा ठूलो इँटा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण गरिएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर रहेको थियो,’ उनले भनिन्, ‘फेस्टको अर्को प्रमुख आकर्षणका रूपमा घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो स्वरूपमा प्रस्तुत गरिनेछ ।

त्यस्तै, ‘डोम हाउस’ अवधारणाअन्तर्गत एक दिनमै घर, होटल वा रिसोर्ट निर्माण गर्न सकिने प्रविधिको प्रत्यक्ष प्रदर्शन समेत हुनेछ । जसले अवलोकनकर्तालाई नयाँ अनुभव दिने विश्वास गरिएको छ ।

निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मानिएको यस फेस्टमा घर निर्माणको तयारीदेखि निर्माण सम्पन्न नहुँदासम्मका सबै चरणको प्रत्यक्ष प्रदर्शनी गरिनेछ । निमार्णसम्बन्धी स्टलहरूले यसलाई थप आकर्षक बनाउने आयोजकले विश्वस लिएको छ। यस वर्ष विभिन्न ४० इन्जिनियरिङ कलेजले तयार पारेका थ्रीडी मोडलको प्रदर्शनीसमेत फेस्टमा राखिनेछ ।



फेस्ट अवलोकन गर्न आउनेहरूका लागि इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श लिन सकिने व्यवस्था गरिएको छ । अवलोकनकर्ताले घर निर्माणसम्बन्धी जिज्ञासा, सामग्री छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे जानकारी लिन सक्नेछन् ।

प्रदर्शनीमा सहभागी विभिन्न ब्रान्डले ग्राहक लक्षित विशेष अफरसमेत सार्वजनिक गर्ने तयारी गरेका छन् । यसअघि फाउन्डेसनले गत फागुन १५, १६ र १७ गते बुध्दनगरमा पहिलो निमार्ण फेस्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...