मुख्य समाचार
अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु
अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, एक बालकसहित अन्य नागरिक सवार थिए ।

अमेरिकी राज्य टेक्ससको तट क्षेत्रमा दुर्घटना भएकाले अमेरिकी सैनिकले दुर्घटनालगतै तीन जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । ‘हाम्रो टोलीले उद्धारलाई प्राथमिकता दिएकै कारण चार जना सकुशल उद्धार हुन सफल भएका छन्,’ अफिसर ल्यूकले भने, ‘एक व्यक्तिको उद्धारकै क्रममा ज्यान गएको थियो, त्यसप्रति हामी दुखित छौं ।’ कोस्ट गार्ड हालसम्म मृत्यु हुनेबारे सनाखत विवरण भने सार्वजनिक गरेको छैन ।

यसअघि गतसाता शुक्रबार अमेरिकाको नर्थ क्यारोलिनामा पनि एक व्यावसायिक जेट दुर्घटनाग्रस्त भएको थियो । सेवानिवृत्त क्याप्टेन ग्रेग बिफलले उडान भरेको जेट दुर्घटना हुँदा उनका परिवारका सदस्यसहित ७ जनाको मृत्यु भएको संघीय उड्डयन प्रशासनले जनाएको छ ।

नर्थ क्यारोलिनाको चार्लोटबाट करिब ४५ माइल (७२ किलोमिटर) उत्तरमा रहेको स्टेट्सभिल क्षेत्रीय विमानस्थलमा अवतरण गर्ने क्रममा व्यावसायिक जेट दुर्घटनाग्रस्त भएको हो । उड्डयन प्रशासनका अनुसार एकल र बहुइन्जिन विमान उडाउन सक्षम क्याप्टेनश्रीमती र छोराछोरीसहित विमानमा सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम