— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, एक बालकसहित अन्य नागरिक सवार थिए ।
अमेरिकी राज्य टेक्ससको तट क्षेत्रमा दुर्घटना भएकाले अमेरिकी सैनिकले दुर्घटनालगतै तीन जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । ‘हाम्रो टोलीले उद्धारलाई प्राथमिकता दिएकै कारण चार जना सकुशल उद्धार हुन सफल भएका छन्,’ अफिसर ल्यूकले भने, ‘एक व्यक्तिको उद्धारकै क्रममा ज्यान गएको थियो, त्यसप्रति हामी दुखित छौं ।’ कोस्ट गार्ड हालसम्म मृत्यु हुनेबारे सनाखत विवरण भने सार्वजनिक गरेको छैन ।
यसअघि गतसाता शुक्रबार अमेरिकाको नर्थ क्यारोलिनामा पनि एक व्यावसायिक जेट दुर्घटनाग्रस्त भएको थियो । सेवानिवृत्त क्याप्टेन ग्रेग बिफलले उडान भरेको जेट दुर्घटना हुँदा उनका परिवारका सदस्यसहित ७ जनाको मृत्यु भएको संघीय उड्डयन प्रशासनले जनाएको छ ।
नर्थ क्यारोलिनाको चार्लोटबाट करिब ४५ माइल (७२ किलोमिटर) उत्तरमा रहेको स्टेट्सभिल क्षेत्रीय विमानस्थलमा अवतरण गर्ने क्रममा व्यावसायिक जेट दुर्घटनाग्रस्त भएको हो । उड्डयन प्रशासनका अनुसार एकल र बहुइन्जिन विमान उडाउन सक्षम क्याप्टेनश्रीमती र छोराछोरीसहित विमानमा सवार थिए ।