मुख्य समाचार
नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताए
नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताए

— नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोबल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ सम्म नेपालमा आईसीसी ट्वान्टी-२० विश्वकप क्वालिफायर हुँदैछ ।

घरेलु मैदानमा हुने क्वालिफायरमा नेपाल समूह ‘बी’ मा छ । नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे गरी पाँच टोली रहेको समूहमा शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष चार टोलीले आगामी सन् २०२६ को जुन १२ देखि ५ तारिखसम्म इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछ ।

We will qualify for the ICC Women's Twenty20 World Cup: Harshal Pathakक्यानले छनोटअगाडि नै महिला टोलीका लागि अनुभवी प्रशिक्षक नियुक्त गरेको हो । उनले सात वर्षसम्म थाइल्यान्डको महिला र पुरुष टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए । यसपल्ट छनोटमा उनले सोही टोलीको विपक्षी प्रशिक्षकका रूपमा काम गर्नुपर्नेछ ।

नेपाली महिला क्रिकेट टोलीको कमजोरी फिटनेस र ब्याटिङमा सुधार ल्याउने उनको मुख्य जिम्मेवारी हुनेछ । उनले नेपाली पिचमा ब्याटिङका लागि राम्रो रहेको पनि उल्लेख गरे । तर त्यसका लागि कन्डिसन पनि बुझ्नुपर्ने औंल्याएका छन् । टोलीको ब्याटिङ कमजोर भएपनि खेलाडीको इच्छाशक्ति कस्तो छ भन्ने कुराले नतिजामा फरक पर्ने उनको भनाइ छ ।

नेपाली खेलाडीको इच्छाशक्ति बलियो रहेकाले त्यसमा सुधार हुने उनको विश्वास छ । यद्यपि, क्रिकेटमा रातरात परिवर्तन नहुने पनि उनी बताउँछन् । त्यसका लागि लामो योजना र जुनियरस्तरमा पनि राम्रो गर्नुपर्ने उनको भनाइ छ ।
आफू नेपाल आउनुको पछाडि राम्रो टोलीलाई प्रशिक्षक गर्ने चाहना रहेको प्रशिक्षक पाठक बताउँछन् । नेपाली महिला क्रिकेट टिमलाई विपक्षी प्रशिक्षकका रूपमा हेरेकाले उनीहरूको क्षमताबारे आफू राम्रो जानकारी रहेको उनले बताए । प्रशिक्षक पाठकले नेपाली खेलाडीको स्ट्रेन्थ र प्यासन राम्रो रहेको पनि उल्लेख गरे । क्रिकेटप्रति धेरै लगाव भएको टोलीलाई प्रशिक्षण गर्न पाउनुले छुट्टै आनन्द मिल्ने उनको बुझाइ छ ।

महिला ट्वान्टी-२० विश्वकप ग्लोबल क्वालिफायर नेपालमा आयोजना हुनुले नेपाली महिला खेलाडीमा ठूलो आत्मविश्वास पनि बढ्ने प्रशिक्षक पाठकको विश्वास छ । आफू प्रशिक्षक हुँदा थाइल्यान्ड विश्वकपमा छनोट भएकाले त्यसको अनुभव महत्त्वपूर्ण उनी बताउँछन् ।

नेपाली खेलाडीमा क्रिकेटप्रति बलियो लगाव र क्षमता हुनु नै जितका लागि महत्त्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । उनीहरूका लागि राम्रो वातावरण बनाउन सके नतिजा पनि आउने उनी बताउँछन् । आफ्नो योजनाप्रति खेलाडी स्पष्ट हुनुपर्ने उनले औंल्याए । जहाँ र जुन प्रतियोगिता खेले पनि त्यहाँबाट खेलाडीले सिकेर अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम