मुख्य समाचार
गाँजासहित अटो चालक पक्राउ
गाँजासहित अटो चालक पक्राउ

: सुनसरीको धरान उपमहानगरपालिकामा गाँजासहित अटो चालक पक्राउ परेका छन्। पूर्वी पहाडी जिल्लाहरू धनकुटा र भोजपुर लगायतका जिल्लाबाट सुनसरी हुँदै भारततर्फ हुने गाँजा तस्करी अझै नियन्त्रण बाहिर रहेको छ।

सोमबार राति धरान उपमहानगरपालिका–१३ फुस्रेस्थित चिण्डे डाँडाबाट धरानतर्फ आउँदै गरेको को १ त ५९३४ नम्बरको अटो शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा अटोभित्र लुकाइ छिपाइ राखिएको ५ पोका तयारी गाँजा फेला परेको सशस्त्र प्रहरी बेस धरानका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यले बताए। उनले बरामद गरिएको गाँजाको तौल १०९.५६ केजी रहेको जानकारी दिएका छन्।


गाँजासहित धरान उपमहानगरपालिका–१३ निवासी अटो चालक २८ वर्षीय राकेश मरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक आचार्यले बताए। उनले बरामद गरिएको लागूऔषध गाँजा, अटो र चालकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरान क्षेत्रमा पछिल्लो समय दैनिकजसो गाँजा बरामद हुने गरेको प्रहरीले बताएको छ। धनकुटा लगायतका पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुनसरी हुँदै खुला सीमाको फाइदा उठाएर भारततर्फ तस्करी हुने गरेको पाइएको छ। विशेषगरी रातिको समयमा गाँजा तस्करी बढी हुने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार धनकुटा जिल्लामा गाँजा खेती नियन्त्रणमा पर्याप्त ध्यान नदिँदा तस्करीको समस्या झनै जटिल बन्दै गएको छ। स्थानीय किसानहरूले अन्य परम्परागत खेतीभन्दा गाँजा खेतीलाई बढी प्राथमिकता दिन थालेपछि गाँजा तस्करीमा वृद्धि भएको छ। गाँजाबाट छिटो र धेरै आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित हुने गरेका छन्।

पछिल्लो समय खुला सीमा, कमजोर अनुगमन र संगठित तस्कर समूहका कारण सुनसरी लागूऔषध तस्करीको मुख्य मार्ग बन्दै गएको छ। यसले शान्ति सुरक्षा कायम गर्न प्रहरीका लागि ठूलो चुनौती थपिएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले प्रहरीले गोली चलाएर समेत गाँजा तस्कर पक्राउ गर्नुपरेको बताए।

गाँजा नेपालमा प्रतिबन्धित लागूऔषध हो। यसको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा सेवन कानुनी रूपमा अपराध मानिन्छ। गाँजा लगायतका लागूऔषध सेवनको दुरुपयोगले, अपराधमा वृद्धि र युवापुस्तामा नकारात्मक असर पारिरहेको छ। एसपी थेबेले प्रहरीले गाँजा तस्करी नियन्त्रणका लागि सीमा क्षेत्र र मुख्य मार्गमा निगरानी कडा बनाएर गाजा तस्कर पक्राउ गरिरहेको भएपनि पहाडी जिल्लाबाट गाँजा तस्करी नरोकिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले आप्रवासी श्रमिकको अधिकार, सुरक्षा र मर्यादामाथि अझै गम्भीर चुनौती कायम रहेको औल्याउँदै श्रम आप्रवासनका सबै चरणमा सुशासन सुदृढ गर्न सरकार र सरोकारवाला निकायलाई आह्वान गरेको छ । उसले वैदेशिक रोजगारमा जाने श्रमिकले रोजगारीको लागि पैसा तिर्नुपर्ने ब्यवस्थालाई हटाउन निष्पक्ष भर्ना प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित ...
— भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान ...
— पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो । अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर ...
— टिकटकको प्यारेन्ट कम्पनी एवं चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन ओर्‍याकललगायत अमेरिकी कम्पनीसँग साझेदारी गर्ने घोषणा गरे पनि कतिपय विषय अनुत्तरित छन् । मुख्य कुरा, टिकटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिने यसको अल्गोरिदम कसको नियन्त्रणमा रहने भन्ने विषय अझै स्पष्ट भएको छैन । निकै शक्तिशाली मानिने टिकटकको अल्गोरिदमले प्रयोगकर्ताको रुचि र स्वभावअनुसार भिडियो सिफारिस ...
— कैलालीमा एकै दिन २४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ। फरार प्रतिवादी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम