मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

: काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका थिए। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले आप्रवासी श्रमिकको अधिकार, सुरक्षा र मर्यादामाथि अझै गम्भीर चुनौती कायम रहेको औल्याउँदै श्रम आप्रवासनका सबै चरणमा सुशासन सुदृढ गर्न सरकार र सरोकारवाला निकायलाई आह्वान गरेको छ । उसले वैदेशिक रोजगारमा जाने श्रमिकले रोजगारीको लागि पैसा तिर्नुपर्ने ब्यवस्थालाई हटाउन निष्पक्ष भर्ना प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित ...
— भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान ...
— पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो । अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर ...
— टिकटकको प्यारेन्ट कम्पनी एवं चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन ओर्‍याकललगायत अमेरिकी कम्पनीसँग साझेदारी गर्ने घोषणा गरे पनि कतिपय विषय अनुत्तरित छन् । मुख्य कुरा, टिकटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिने यसको अल्गोरिदम कसको नियन्त्रणमा रहने भन्ने विषय अझै स्पष्ट भएको छैन । निकै शक्तिशाली मानिने टिकटकको अल्गोरिदमले प्रयोगकर्ताको रुचि र स्वभावअनुसार भिडियो सिफारिस ...
— कैलालीमा एकै दिन २४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ। फरार प्रतिवादी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम