: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले मंगलबार पनि सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । जेनजीको भावना बिपरित सरकार अघि बढ्न खोजेकाले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरूले मंगलबार पनि काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
'प्रदर्शनमा सहभागीहरूले जेनजीका माग पुरा गर,जेनजीको माग चुनाव होइन,सुशासन हो'लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रशासनको अनुमतिबिना प्रदर्शन भएपछि प्रहरीले रोक्न खोजेपनि उनीहरूले प्रदर्शन गरेका थिए ।
वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरूको माग छ । जनतामा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएकाले युवाहरूलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरूले जनाएका छन्