मुख्य समाचार
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको निरीक्षण
सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको निरीक्षण

: सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको निरीक्षण गरेको छ । विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरूको साथ र सहभागीता अपरिहार्य रहेको बताए । सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार गम्भीरताका साथ अघि बढिरहेका उनको भनाइ छ ।


जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय ध्वस्त भएको अवस्थामा पनि दलहरूको साथ रहेको भन्दै उनले आगामी चुनाव सुनिश्चित गर्नका लागि दल र सरकारबीच दोहोरो सम्वादको प्रयास गरिएको धारणा राखे।

त्यस्तै समितिका संयोजक कानुनमन्त्री अनिल सिन्हाले आन्दोलनका क्रममा पार्टी भवनमा क्षति पुगे पनि मुलुकलाई निकास दिन दलहरूको भूमिका अपरिहार्य हुने बताए । उनले चुनावलाई सहज रुपमा अघि बढाउनका लागि दलहरूको अपेक्षा पूरा गर्न सरकार तयार रहेको उल्लेख गरे।

छलफलका क्रममा कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी चुनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले चुनावको रटान लगाए पनि तयारीमा केहि कमजोरी भएको महशुस भएको उनले बताए । गुरुङले सरकारसँग सहमति गरेका युवाहरूले नै चुनाव हुन दिन्नौं भनेर हिँडेको भन्दै उनीहरूलाई समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए।

त्यसैगरी उनले सुरक्षा निकायको मनोवन उच्च बनाउँदै फागुन २१ लाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे । दलहरू र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानुन मन्त्री सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले आप्रवासी श्रमिकको अधिकार, सुरक्षा र मर्यादामाथि अझै गम्भीर चुनौती कायम रहेको औल्याउँदै श्रम आप्रवासनका सबै चरणमा सुशासन सुदृढ गर्न सरकार र सरोकारवाला निकायलाई आह्वान गरेको छ । उसले वैदेशिक रोजगारमा जाने श्रमिकले रोजगारीको लागि पैसा तिर्नुपर्ने ब्यवस्थालाई हटाउन निष्पक्ष भर्ना प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित ...
— भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान ...
— पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो । अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर ...
— टिकटकको प्यारेन्ट कम्पनी एवं चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन ओर्‍याकललगायत अमेरिकी कम्पनीसँग साझेदारी गर्ने घोषणा गरे पनि कतिपय विषय अनुत्तरित छन् । मुख्य कुरा, टिकटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिने यसको अल्गोरिदम कसको नियन्त्रणमा रहने भन्ने विषय अझै स्पष्ट भएको छैन । निकै शक्तिशाली मानिने टिकटकको अल्गोरिदमले प्रयोगकर्ताको रुचि र स्वभावअनुसार भिडियो सिफारिस ...
— कैलालीमा एकै दिन २४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ। फरार प्रतिवादी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम