मुख्य समाचार
सडक खण्डमा जथाभाबी रुख कटान गरेको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष र ३ जना वडा अध्यक्षसहित ८ जनालाई दाङ जिल्ला अदालतले दोषी ठहर
सडक खण्डमा जथाभाबी रुख कटान गरेको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष र ३ जना वडा अध्यक्षसहित ८ जनालाई दाङ जिल्ला अदालतले दोषी ठहर

: पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा जथाभाबी रुख कटान गरेको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष र ३ जना वडा अध्यक्षसहित ८ जनालाई दाङ जिल्ला अदालतले दोषी ठहर गरेको छ। दाङ जिल्ला अदालतले दुई वर्ष अघिको मुद्दाको सुनवाइ गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, ३ जना वडा अध्यक्षसहित ८ जनालाई दोषी ठहर गरेको हो।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट समेत ९ जनाविरुद्ध ‘बिना इजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए। अदालतले ९ जनाविरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ।


सूचना अधिकारी वलीले अदालतले राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष वीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको बताए।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५–१५ दिनको कैद सजायको फैसला सुनाएको छ।

त्यस्तै तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको छ। २०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका विष्टसहितको समूहले भालुवाङदेखि सिंगेखोला सम्म पूर्व–पश्चिमको दायाँ र बायाँ रहेका रुखहरू बिना अनुमति काटेर ओसारपसार गरेको आरोपमा दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचनको वातावरण बनाउने बताएका छन् । उनले नेकपाको केन्द्रीय अनुगमन गरेपछि संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी चुनावको वातावरण बनाउन प्रतिबद्ध रहेको बताएको जानकारी दिए । नेकपा संयोजक दाहालले पनि चुनावका लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएको मन्त्री खरेलले बताए । कांग्रेस चुनावमा जान ...
— डोल्पाको जगदुल्ला गाउँपालिकामा भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । सोमबारसाँझ जगदुल्ला गाउँपालिका-६ झ्याकोटबाट बलासातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टाेपेन्द्र बुढामगरले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते हुनेमा जगदुल्ला–६ झ्याकोट निवासी ४० वर्षीय भक्तबहादुर ...
— भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा गरेको छ । आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थानहद फुकुवा गरेको जानकारी गराएको हो । आयोगले यसअघि भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी ...
— नेपाल–चीन उत्तरी कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दसगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । यो नाका २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी ...
— काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका १०७ वटा विद्यालयलाई सर्म्पकमा आउन मंगलबार सुचना जारी गरेको छ । सम्पर्कमा नआए विद्यालय बन्द गरिने प्रक्रिया अघि बढाउने महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले विगतमा अनुमति पाएर सञ्चालन भएका तर हाल सञ्चालन नरहेका विद्यालयको सूचीसमेत सार्वजनिक गरेको छ । ‘काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ भदौं ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम