मुख्य समाचार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनालाई रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनालाई रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश

: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनालाई रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ । यस पहिले नै दिइसकेको आदेशलाई उच्च अदालत तुल्सीपुरले मङ्गलबारको दुईपक्षीय छलफलबाट निरन्तरता दिएको हो।


उच्च अदालतका न्यायधिशद्वय दुर्गा बहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलमा दुबै पक्षलाई बोलाएपछिको बहसमा अन्तरिम आदेशलाई निरन्तरता दिएको जानकारी दिए ।


यसअघि अल्पकालिन अन्तरिम आदेश उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले दिएको थियो ।उच्च अदालतको अन्तरिम आदेशको निरन्तरतापछि उपकुलपति नियुक्ति प्रक्रिया हाललाई रोकिन पुगेको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले राजीनामा दिएपछि ३ महिनादेखि प्रतिष्ठान उपकुलपतिविहीन छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा गरेको छ । आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थानहद फुकुवा गरेको जानकारी गराएको हो । आयोगले यसअघि भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी ...
— नेपाल–चीन उत्तरी कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दसगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । यो नाका २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी ...
— काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका १०७ वटा विद्यालयलाई सर्म्पकमा आउन मंगलबार सुचना जारी गरेको छ । सम्पर्कमा नआए विद्यालय बन्द गरिने प्रक्रिया अघि बढाउने महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले विगतमा अनुमति पाएर सञ्चालन भएका तर हाल सञ्चालन नरहेका विद्यालयको सूचीसमेत सार्वजनिक गरेको छ । ‘काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ भदौं ...
— कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिनसक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन कुनै नौलो कुरा नभएको बताएका हुन् । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको समेत उनको भनाइ छ । आफूले ...
— उपल्लो डाेल्पामा फाेरजी सेवा विस्तारकाे माग गर्दै जनप्रतिनिधिहरू काठमाडौं पुगेका छन् । जिल्लाकाे शे-फोक्सुण्डो, छार्काताङसोङ र डोल्पो बुद्व गाउँपालिकामा फाेरजी इन्टरनेट सेवासहितकाे टेलिफाेन सेवा विस्तारकाे माग गर्दै जनप्रतिनिधिकाे टाेली काठमाडौं पुगेकाे हाे । दुर्गम जिल्ला डाेल्पाबाट पैदल र जहाज यात्रा गर्दै पुगेकाे टाेलीले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेर आफ्ना माग राखेका छन् ।उपल्लो डाेल्पाका तीनवटै पालिकामा हाल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम