मुख्य समाचार
डोल्पा जिल्लामा अस्तित्वमा नै नभएको विद्यालयको भवन निर्माणका नाममा झुट्टा तथा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा चार जनालाई दोषी ठहर
डोल्पा जिल्लामा अस्तित्वमा नै नभएको विद्यालयको भवन निर्माणका नाममा झुट्टा तथा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा चार जनालाई दोषी ठहर

: विशेष अदालतले डोल्पा जिल्लामा अस्तित्वमा नै नभएको विद्यालयको भवन निर्माणका नाममा झुट्टा तथा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा चार जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले विद्यालय भवन निर्माणको नाममा भ्रष्टाचार भएको ठहर गरेको हो। डोल्पा जिल्लामा अस्तित्वमा नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा भवन निर्माण भएको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी र गराई मिलेमतो गरी भ्रष्टाचार गरेको ठहर गरेको हो। तत्कालीन जिल्ला प्राविधिक कार्यालय, डोल्पाका कार्यालय प्रमुख रविचन्द्र पञ्जीयार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढालाई दोषी ठहर गरेको छ। अदालतले जनही एक लाख ९० हजार रुपैयाँ र जनही एक वर्ष छ महिना कैद हुने फैसला गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको नाममा भ्रष्टाचार भएको दाबी गर्दै २०८२ असार १८ गते मुद्दा दायर गरेको थियो। अदालतले फैसलाको पूर्ण पाठ तयार गर्न समय लाग्ने भएकोले संक्षिप्त फैसला गरेको जनाएको छ। उपभोक्ता समिति गठन गरी डोल्पा जिल्लाको साविक दुनै गाउँ विकास समिति वडा नं २ र ३ मा दुर्गा प्राथमिक विद्यालय पिप्लाको दुई कोठे भवन निर्माण भएको भनी शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित ७ लाख ६० हजार रुपैंया भुक्तानि लिएको पाइएको छ। अदालतमा प्रतिवादीहरूले उक्त वडामा दुर्गा प्रावि नामको विद्यालय नै नभएको र सो रकम लालीगुराँस आधारभूत विद्यालयको भवन निर्माणमा खर्च भएको जिकिर गरेका थिए। उक्त विद्यालयबाट प्राप्त तत्कालीन विद्यालय व्यवस्थापन समितिको बैठक पुस्तिकामा तत्काल भवन निर्माण सम्बन्धमा कुनै निर्णय नभएको आदेशमा उल्लेख छ।


अदालतले अस्तित्वमा नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा भवन निर्माण भएको भनी झुट्टा तथा नकली कागजात तयार गरी र गराई मिलेमतोमा रकम हिनामिना भएको ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचनको वातावरण बनाउने बताएका छन् । उनले नेकपाको केन्द्रीय अनुगमन गरेपछि संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी चुनावको वातावरण बनाउन प्रतिबद्ध रहेको बताएको जानकारी दिए । नेकपा संयोजक दाहालले पनि चुनावका लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएको मन्त्री खरेलले बताए । कांग्रेस चुनावमा जान ...
— डोल्पाको जगदुल्ला गाउँपालिकामा भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । सोमबारसाँझ जगदुल्ला गाउँपालिका-६ झ्याकोटबाट बलासातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टाेपेन्द्र बुढामगरले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते हुनेमा जगदुल्ला–६ झ्याकोट निवासी ४० वर्षीय भक्तबहादुर ...
— भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा गरेको छ । आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थानहद फुकुवा गरेको जानकारी गराएको हो । आयोगले यसअघि भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी ...
— नेपाल–चीन उत्तरी कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दसगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । यो नाका २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी ...
— काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका १०७ वटा विद्यालयलाई सर्म्पकमा आउन मंगलबार सुचना जारी गरेको छ । सम्पर्कमा नआए विद्यालय बन्द गरिने प्रक्रिया अघि बढाउने महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले विगतमा अनुमति पाएर सञ्चालन भएका तर हाल सञ्चालन नरहेका विद्यालयको सूचीसमेत सार्वजनिक गरेको छ । ‘काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ भदौं ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम