मुख्य समाचार
बंगलादेशमा हालै एक हिन्दू युवकको क्रूरतापूर्वक गरिएको हत्या मानवताविरोधी अक्षम्य अपराध भएको
बंगलादेशमा हालै एक हिन्दू युवकको क्रूरतापूर्वक गरिएको हत्या मानवताविरोधी अक्षम्य अपराध भएको

: मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले बंगलादेशमा हालै एक हिन्दू युवकको क्रूरतापूर्वक गरिएको हत्या मानवताविरोधी अक्षम्य अपराध भएको बताएका छन्।

बंगलादेशमा अहिले चलिरहेको सरकारविरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूबाट त्यहाँका हिन्दू युवक दीपुचन्द्र दासको निर्ममता पूर्वक हत्या गरिएको घटनाले विश्वलाई नै स्तब्ध पारेको भन्दै सोनलले उक्त घटनाको कडा निन्दासमेत गरेका छन्।


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश अध्यक्षसमेत रहेका सोनलले सञ्चारकर्मीहरूसँग भने, ‘बंगलादेशमा हिन्दू युवाको जसरी बर्बरतापूर्वक हत्या गरियो, त्यो घटना मानवताविरोधी जघन्य अपराधिक घटना हो। यसले नेपालमात्रै नभई विश्व समुदायलाई नै स्तब्ध पारेको छ। उक्त घटनाको जतिसुकै निन्दा गरे पनि त्यो कम नै हुन्छ।’


बंगलादेशमा हिन्दूलगायतका धार्मिक अल्पसंख्यक समुदायमाथि निरन्तर भइरहेको हिंसा रोक्नका लागिप नि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। सोनलले बंगलादेशमा रहेका हिन्दूलगायत धार्मिक अल्पसंख्यकहरूको मानवअधिकारको रक्षाका लागि पनि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने मागपनि गरे।

बंगलादेशमा महमद युनुस नेतृत्वको अहिलेको सरकार जनताको म्याण्डेटबाट नभई विद्रोहबाट बनेको कामचलाउ अन्तरिक सरकार रहेको भन्दै सोनलले त्यहाँ अब जनताको म्याण्डेटबाट सरकार बन्नुपर्ने र त्यसका लागि वातावरण बनाउन अन्तर्राष्ट्रिय जगतले पनि भूमीका निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा गरेको छ । आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थानहद फुकुवा गरेको जानकारी गराएको हो । आयोगले यसअघि भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी ...
— नेपाल–चीन उत्तरी कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दसगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । यो नाका २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी ...
— काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका १०७ वटा विद्यालयलाई सर्म्पकमा आउन मंगलबार सुचना जारी गरेको छ । सम्पर्कमा नआए विद्यालय बन्द गरिने प्रक्रिया अघि बढाउने महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले विगतमा अनुमति पाएर सञ्चालन भएका तर हाल सञ्चालन नरहेका विद्यालयको सूचीसमेत सार्वजनिक गरेको छ । ‘काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ भदौं ...
— कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिनसक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन कुनै नौलो कुरा नभएको बताएका हुन् । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको समेत उनको भनाइ छ । आफूले ...
— उपल्लो डाेल्पामा फाेरजी सेवा विस्तारकाे माग गर्दै जनप्रतिनिधिहरू काठमाडौं पुगेका छन् । जिल्लाकाे शे-फोक्सुण्डो, छार्काताङसोङ र डोल्पो बुद्व गाउँपालिकामा फाेरजी इन्टरनेट सेवासहितकाे टेलिफाेन सेवा विस्तारकाे माग गर्दै जनप्रतिनिधिकाे टाेली काठमाडौं पुगेकाे हाे । दुर्गम जिल्ला डाेल्पाबाट पैदल र जहाज यात्रा गर्दै पुगेकाे टाेलीले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेर आफ्ना माग राखेका छन् ।उपल्लो डाेल्पाका तीनवटै पालिकामा हाल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम