मुख्य समाचार
जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीनजनाको स्थान हद फुकुवा
जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीनजनाको स्थान हद फुकुवा

: जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीनजनाको स्थान हद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै पूर्वगृहसचिव दवाडी,नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको हो। उनीहरूको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ।


पत्र सार्वजनिक गर्दै पूर्वमहानिरीक्षक खापुङले 'लु है कतै निमन्त्रणा छ भने भन्नुहोस है,' भन्दै व्यंग्य गरेका छन्।


आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको पत्रमा उनीहरूको स्थान हद र विदेश भ्रमण फुकुवा गरेको उल्लेख छ। आयोगले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका हिंसात्मक घटनाको अनुसन्धानका लागि उनीहरूमाथि स्थान हद लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपाले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहर"सँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको बताए । उनले सरकारद्वारा गठित संवाद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त ...
— धनकुटाको जिरोप्वाइन्टमा चामल र भुस बोकेको ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान सुनसरीको धरानबाट चामल र भुस लिएर हिले जाँदै गरेको ना ७ ख ११६१ नम्बरको ट्रक धनकुटा ७ जिरोप्वाइन्टमा पल्टिएको हो । प्रहरीका अनुसार गुडिरहेको ट्रकको स्टेरिङ लक भएर दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १० मिटर तल खसेको छ । दुर्घटनामा ट्रक चालक ...
— कैलालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जानकी गाउँपालिका–२ प्रगतिनगरका २९ वर्षीय श्यामलाल चौधरी रोरा नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाबारे ...
— नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकले अझ सशक्त भूमिका खेल्नुपर्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यादलले सुझाएको छ । अहिले पनि राष्ट्र बैंकले भूमिका खेलिरहे पनि अझै सशक्त बनाउनु पर्ने सुझाव कार्यदलले दिएको छ । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐनको पाँचौ संशोधनले यस बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाईलाई छुट्टै स्वतन्त्र इकाईको रूपमा विकास गर्न खोजेको छ,’ प्रतिवेदनमा ...
: सुनसरीको धरान उपमहानगरपालिकामा गाँजासहित अटो चालक पक्राउ परेका छन्। पूर्वी पहाडी जिल्लाहरू धनकुटा र भोजपुर लगायतका जिल्लाबाट सुनसरी हुँदै भारततर्फ हुने गाँजा तस्करी अझै नियन्त्रण बाहिर रहेको छ। सोमबार राति धरान उपमहानगरपालिका–१३ फुस्रेस्थित चिण्डे डाँडाबाट धरानतर्फ आउँदै गरेको को १ त ५९३४ नम्बरको अटो शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम