मुख्य समाचार
महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताए
महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताए

: नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन्। मूलपानी मैदानमा क्यानले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टीमको खेल आफूले हेरेको भन्दै टीमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् ।




नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण पाएको उनले बताए। मुख्य प्रशिक्षक पाठकले टीमको योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके उत्कृष्ट नजिता आउने धारणा राखे । प्रशिक्षणका क्रममा खेलाडीहरुको प्रदर्शन हेर्दा फिल्डिङलाई अलि ध्यान दिनुपर्ने देखिएपनि समग्र रुपमा सुधार आउन धेरै समय नलाग्ने विश्वास व्यक्त गरे।


क्यानले दुई वर्षका लागि पाठकलाई महिला टीमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली महिला टोलीले जनवरी १४ देखि फेब्रुअरी १ सम्म घरेलु मैदानमै आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।




नेपालले ग्लोबल छनोटको पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ । नेपाल, थाइल्याण्ड रहेको समूह बी मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्। समूह ए मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन  भने छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आइसिसी महिला टि ट्वान्टी विश्वकप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम