मुख्य समाचार
महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताए
महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताए

: नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन्। मूलपानी मैदानमा क्यानले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टीमको खेल आफूले हेरेको भन्दै टीमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् ।




नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण पाएको उनले बताए। मुख्य प्रशिक्षक पाठकले टीमको योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके उत्कृष्ट नजिता आउने धारणा राखे । प्रशिक्षणका क्रममा खेलाडीहरुको प्रदर्शन हेर्दा फिल्डिङलाई अलि ध्यान दिनुपर्ने देखिएपनि समग्र रुपमा सुधार आउन धेरै समय नलाग्ने विश्वास व्यक्त गरे।


क्यानले दुई वर्षका लागि पाठकलाई महिला टीमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली महिला टोलीले जनवरी १४ देखि फेब्रुअरी १ सम्म घरेलु मैदानमै आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।




नेपालले ग्लोबल छनोटको पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ । नेपाल, थाइल्याण्ड रहेको समूह बी मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्। समूह ए मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन  भने छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आइसिसी महिला टि ट्वान्टी विश्वकप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...