मुख्य समाचार
राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भेटवार्ता
राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भेटवार्ता

: राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भेटवार्ता जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज शीतल निवास भेटवार्ता भएको हो।


राष्ट्रपतिको आह्वानमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्री शीतल निवासमा पुगेका हुन्। भदौ २३ गतेको जेनजी आन्दोलनपश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपश्चात राष्ट्रपतिले कार्कीलाई अन्तरिक सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटनको सिफारिस गरेपछि विघटन गर्दै राष्ट्रपति पौडेलले सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट दिएका थिए। फागुन २१ गते तोकिएको निर्वाचनको मिति नजिएपनि दलहरुले सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै आलोचना हुँदै आएको बेला राष्ट्रपति पौडेलको रोहबरमा आज उनीहरूबीच शीर्ष नेताहरूबीच छलफल गराएका हुन्।


कार्कीले संसद् विघटन गरेपश्चात शीर्ष नेताको संयुक्त बैठक बस्न सकेको थिएन। बालुवाटारमा पुगेका शुभचिन्तकसँग प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताको अनुहारसमेत हेर्न नचाहेको अभिव्यक्ति दिएपछि दलहरु रुष्ट थिए। प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतालाई नभेट्ने अडान राख्दै आएकी थिइन्।


यता एमाले र कांग्रेस संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिइसकेका छन्। दुई शीर्ष दलले प्रमुख सचेतकमार्फत रिट दायर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कैलालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जानकी गाउँपालिका–२ प्रगतिनगरका २९ वर्षीय श्यामलाल चौधरी रोरा नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाबारे ...
— नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकले अझ सशक्त भूमिका खेल्नुपर्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यादलले सुझाएको छ । अहिले पनि राष्ट्र बैंकले भूमिका खेलिरहे पनि अझै सशक्त बनाउनु पर्ने सुझाव कार्यदलले दिएको छ । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐनको पाँचौ संशोधनले यस बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाईलाई छुट्टै स्वतन्त्र इकाईको रूपमा विकास गर्न खोजेको छ,’ प्रतिवेदनमा ...
: सुनसरीको धरान उपमहानगरपालिकामा गाँजासहित अटो चालक पक्राउ परेका छन्। पूर्वी पहाडी जिल्लाहरू धनकुटा र भोजपुर लगायतका जिल्लाबाट सुनसरी हुँदै भारततर्फ हुने गाँजा तस्करी अझै नियन्त्रण बाहिर रहेको छ। सोमबार राति धरान उपमहानगरपालिका–१३ फुस्रेस्थित चिण्डे डाँडाबाट धरानतर्फ आउँदै गरेको को १ त ५९३४ नम्बरको अटो शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ...
: जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीनजनाको स्थान हद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै पूर्वगृहसचिव दुवाडी,नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको हो। उनीहरूको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ। पत्र सार्वजनिक गर्दै पूर्वमहानिरीक्षक खापुङले 'लु ...
नेपालमा जनवरी १४ देखि फेब्रुअरी १ सम्म आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यरको तालिका सार्वजनिक भएको छ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम