मुख्य समाचार
महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न
महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न

— एमालेका सचिव महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठकमा बस्नेतले उक्त कुरा उठाएका हुन् ।

एमाले सचिव बस्नेतले आफू पनि जेन-जी प्रदर्शनका क्रममा भएको क्षतिबाट पीडित भएको बताए । 'मेरो घर आगजनी भएर म अहिले भाडाको घरमा बसिरहेको छु । राज्यका सम्पत्ति र मेरो घर जलेको छ । मेरो जलेको घर हेर्दै मैले घरदैलोमा जाने हो ? सरकारले जवाफ देओस्,' बस्नेतले सोधे ।

सरकार निर्वाचन गराउनेमा लागेको भन्नेमा आशंका रहेको पनि बस्नेतको भनाइ छ । फागुन २१ मा चुनाव भएन र सर्‍यो भने संसद् पुनःस्थापना हुन्छ ? भन्ने प्रश्न पनि बस्नेतले बताए ।

अहिले पनि शान्ति सुरक्षाको वातावरण नरहेको बस्नेतको भनाइ थियो । दलका नेतामाथि स्थानहद लगाएको बताउँदै भयरहित निर्वाचन गराउनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयमा छलफल भइरहँदा जेन-जीका केही समूह प्रदर्शनमा रहेको बताउँदै बस्नेतले जेन-जी प्रदर्शनका क्रममा लुटेका हतियार कति छन् र जेलबाट भागेका कैदी के गर्दैछन् ? कता छन् ? भन्ने प्रश्न राखेका थिए ।

निर्वाचनको वातावरण बनाउनमा राजनीतिक दलहरूले अवरोध गरिरहेको भन्ने देखाउन लागिएको हो ? भनेर पनि सचिव बस्नेतको प्रश्न थियो । 'संसद् पुनःस्थापनाको मागसहित यो सरकार असंवैधनिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ को निर्वाचन हुन सक्दैन,' उनले भने ।



सरकारले जेन-जीका केही समूहसँग संविधान संशोधन लगायतका कुरामा सम्झौता गरेकोमा आपत्ति रहेको पनि बस्नेतले बताए । उनले सैद्धान्तिक रूपमा सम्झौताप्रति हाम्रो आपत्ति नभएपनि सरकारले गरेका गतिविधिमाथि भने प्रश्न रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम