मुख्य समाचार
लुम्बिनी प्रदेशको राजधानीलाई बुटवल र नेपालगन्जसँग जोड्न आवश्यक
लुम्बिनी प्रदेशको राजधानीलाई बुटवल र नेपालगन्जसँग जोड्न आवश्यक

— लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसाबले चलायमान बनाउन बुटवल–भैरहवा र नेपालगन्जसँग जोड्न आवश्यक भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।



लुम्बिनीका मुख्यमन्त्रीसहितको उपस्थितिमा लुम्बिनी प्रदेशको राजधानीको मास्टर प्लानको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उत्तर–दक्षिण, पूर्व–पश्चिमका पूर्वाधार, सहर तथा नाकालाई जोडेर अघि बढ्दा राजधानीको प्रभावकारिता बढ्ने धारणा व्यक्त गरे ।

लुम्बिनी प्रदेशको राजधानीमा लगानीका लागि धेरै अवसरहरु रहेको उल्लेख गर्दै ज्ञवालीले पानी, यातायातसहित आवश्यक पूर्वाधारहरुको उपलब्धता भए निजी क्षेत्रको लगानी बढ्ने बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानीसँग जोडिएका सडकहरुलाई छिटोभन्दा छिटो व्यवस्थित रुपमा अघि बढाउने बताए । पर्यटकीय क्षेत्रहरुलाई पनि जोड्न पहल जारी राखेको उनको भनाइ थियो । लगानी जुटाइदिनका लागि सहयोग गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रमका सहभागीहरुले कृषि, लगानी, राप्ति सभ्यता, स्वर्गद्वारी मन्दिर, स्वास्थ्य, शिक्षा, जनजीवन लगायतलाई पनि राजधानीसँग जोड्न आवश्यक भएको धारणा व्यक्त गरेका थिए । उनीहरुले सुझावलाई समेटर मास्टर प्लानलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताए ।


लुम्बिनी प्रदेशको राजधानीसम्बन्धी मास्टर प्लान तयार भइ कार्यान्वयनको प्रक्रियामा छ । कार्यक्रममा सहरी विकास मन्त्रालयका सहसचिव, लगानी बोर्डका सहसचिव, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष, लुम्बिनी प्रदेश पूर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, विज्ञ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम