मुख्य समाचार
फागुन २१ गते चुनाव हुनैपर्ने
फागुन २१ गते चुनाव हुनैपर्ने

— कांग्रेस महामन्त्री गगन थापाले फागुन २१ गते चुनाव हुनैपर्ने बताएका छन् । सोमबार बिहान काठमाडौंमा आयोजित एक भेलमा महामन्त्री थापाले कुनै पनि हालतमा चुनाव हुनुपर्ने बताएका हुन् ।



'फागुन २१ गते चुनाव हुन आवश्यक छ, संविधान ट्य्राकबाहिर, लिकबाहिर गएको छ । त्यसलाई ट्य्राकमा ल्याउन पनि चुनाव चाहिन्छ,' उनले भने । त्यस्तै नतिजा के आउँछ भन्ने कुराको पूर्वानुमान गरेर पार्टीहरू अलमलिन नहुने पनि महामन्त्री थापाको भनाइ छ । उनले अगाडि भने, 'कांग्रेसको अनुकूल हुन्छ वा प्रतिकूल हुन्छ भन्ने कुरामा अड्किनु हुँदैन । चुनावको नतिजा हामीअनुकूल बनाउन हामीले गर्नुपर्ने काम हो ।'

चुनाव भएर मात्र सबै समस्याको समाधान नहुने पनि उनको भनाइ छ । नेपालमा संस्थाहरूमा भएको दलीयकरण र भ्रष्टीकरण जरैबाट हटाउनुपर्ने उनले बताए । 'चुनावले मात्र समस्या समाधान हुन्छ त ? पार्लियामेन्ट अस्ति पनि थियो । पार्लियामेन्टबाटै बनेको सरकार त अस्ति पनि थियो त। अहिले समाजको गहिरो असन्तोष भनेको कुरा कुशासन हो । अब नेपाललाई कुशासनबाट बाहिर निकाल्छु भनेर अगाडि बढ्नुपर्छ । त्यसका लागि क्षमा माग्दै अगाडि बढ्नुपर्नेछ । संस्थाहरूको दलीयकरण नगर्ने मात्र होइन रोक्नुपर्छ। यी संस्थाहरूको पवित्रतालाई कायम राख्न कांग्रेसले काम गर्नुपर्छ,' उनले भने ।

कांग्रेसको महाधिवेशन पार्टीको आन्तरिक विषय मात्र नभएको उनले बताए । १५औं महाधिवेशनमा सभापतिका लागि लड्ने र सभापति हुने पनि उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम