मुख्य समाचार
निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी सरकारको भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले बताए
निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी सरकारको भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले बताए

— निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी सरकारको भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले बताएका छन् । निर्वाचन गराउन आएको सरकारलाई रास्वपाको समर्थन रहेको बताउँदै खनालले भयरहित वातावरणमा निर्वाचन गराउनुपर्ने बताए ।



प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका व्यक्तिहरूको बैठकमा रास्वपा नेता खनालले उक्त कुरा राखेका हुन् । निर्वाचनमा शान्ति सुरक्षा, प्रचारप्रसारको विषय प्रमुख रहेको उनको भनाइ थियो । 'चुनावमा शान्ति सुरक्षाको विषय नै हो, प्रचार प्रसारको विषय नै हो । भयरहित वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो,’ उनले भने ।

अन्तरजिल्ला चुनावको व्यवस्था गर्नका लागि रास्वपाको समर्थन रहेको पनि नेता खनालको भनाइ थियो । ‘अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेन-जी प्रतिनिधिलाई भन्नुभएको छ । यसमा राजनीतिक प्रतिबद्धता चाहियो भन्नेकुरा भनिएको छ । राजनीतिक प्रतिबद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम