मुख्य समाचार
मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्
मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्

— काठमाडौं महानगरपालिका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।
भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि शाहले सोमबार आयोग पुगेर बयान दिएका हुन् ।

आयोगस्रोतका अनुसार करिब २ घन्टा आयोगले शाहलाई सोधपुछ गरेको थियो । २३ गतेको घटना देखि २४ गतेको घटना हुदाँ कहाँ हुनुहुन्थ्योदेखि सामाजिक सञ्जालका विषयसम्म आयोगले सोधेको थियो । आयोगले सिंहदबार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो । शाहले के जवाफ दिए भन्नेबारे केही बताउन नमिल्ने भन्दै आयोगले खुलाउन चाहेन ।

आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।
.
आयोगले चार वटा विषयमा विभाजन गरेर छानबिन गरिरहेको छ।


आयोगले जेन–जी आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, २३ गतेको आन्दोलनमा प्रहरीको बल प्रयोग(दमन), पादरदर्शिता र जवाफदेहीता र दण्डहीनतााई मूल आधार बनाएर छानबिन गरिरहेको र उक्त छानबिन अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए ।

यता सरकारले गठन गरेको जाँचबुझ आयोगले पनि घटनामा संलग्नहरुको बयान लिइरहेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगले सुरुमा तीन महिना म्याद पाएको थियो भने हालैमात्र सरकारले एक महिना थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना फुकुवा गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको बताएका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला रामेछाप सदरमुकाम मन्थली आइपुगेका घिसिङले सोमबार जिल्ला स्तरीय सरोकारवालासँगको छलफल कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अर्थ मन्त्रालयले ...
— एमालेका सचिव महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठकमा बस्नेतले उक्त कुरा उठाएका हुन् । एमाले सचिव बस्नेतले आफू पनि जेन-जी प्रदर्शनका क्रममा भएको क्षतिबाट पीडित ...
— प्रतिनिधिसभाको फागुन २१ का लागि तोकिएको निर्वाचनमा अन्तरजिल्ला भोट गर्ने व्यवस्था हुन्छ कि हुँदैन भनेर जेन-जी प्रतिनिधि भावना राउतले सरकार र निर्वाचन आयोगसँग प्रश्न गरेकी छन् ।
— सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बाेलाएकाे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयले तीनवटा विषयमा सुझाव मागेको हो । सरकारले विदेशमा रहेका नेपालीलाई मतदानकाे अधिकार दिनेबारे, अन्तर निर्वाचन क्षेत्र मतदान र नो भोटको प्रावधानबारे दल र नागरिक समाजसहितसँग सुझाव माग गरेको हो । यी तीन ...
— राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका नेपालीहरूको पैसाचाँहि नेपाल आउन मिल्ने अनि भाेटचाँहि हाल्न किन नमिल्ने भनी प्रश्न उठाएको छ। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय-सर्वपक्षीय बैठकमा बोल्दै राप्रपाका नेता राजेन्द्र गुरुङले विदेशमा रहेका नेपालीले पैसा नेपालमा पठाउन मिल्ने, तर भाेट हाल्न चाँहि किन नमिल्ने होला? भनी प्रश्न गरेका हुन्। उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने सुझाव राखे। उनले फागुन २१ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम