: पूर्वप्रदेशसभा सदस्य र पूर्व गाउँपालिका अध्यक्ष नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित मधेस प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित प्रहलाद गिरि र त्यही साल भएको स्थानीय तहको चुनावमा बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित श्रीलाल साह कानु (मोदी) सोमबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।
२०७४ को निर्वाचनमा तत्कालीन उपेन्द्र यादव नेतृत्वको पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरि हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए। मोदी पनि उपेन्द्र यादवकै दलबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼ, सहसंयोजक माधवकुमार नेपाल, नेता मातृका प्रसाद यादव लगायतले उनीहरूलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।