मुख्य समाचार
कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने
कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने

: कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने भएको छ। कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिता सुनसरीको इनरुवास्थित डा.खलील आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको केपीएल आयोजना गरिनेछ।


प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरी सात टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।

घरेलु क्रिकेटमा कोशी क्रिकेट संघले केपीएल आयोजना हुँदा अन्य प्रदेशलाई पनि घरेलु लिग गर्न प्रोत्साहन मिल्ने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताए। ‘आफैँले निजी मैदानलाई परिपक्व बनाएर केपीएल गर्नु अन्य प्रदेशहरूलाई पनि यस्तै ठूलो लिग गर्न प्रोत्साहन मिल्नेछ,’ उनले लिगका लागि कोशी क्रिकेट संघलाईं शुभकामना पनि दिए।

पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवम् सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले कोशी प्रदेशमा क्रिकेट विकास र ग्रासरुट क्रिकेटलाई मजबुत बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। ‘हामीले लामो समयदेखि विभिन्न प्रतियोगिता गर्दै आएका छौँ। क्यान निलम्बित हुँ पनि हामीले प्रतियोगिता गरेका थियौँ। कोशीमा राम्रो मैदान नहुँदा अहिले आएर नयाँ मैदानमा केपीएल हुनु सुखद पक्ष हो,’ यो लिगले घरेलु क्रिकेटलाई माथि उकास्न मद्दत पुर्‍याउने उनले बताए।

प्रतियोगितामा सहभागी टिममा ११ खेलाडी रहने आयोजकले जनाएको छ। जसमा एक मार्की, एक आइकोनिक, राष्ट्रिय टिमबाट ड्राफ्ट हुने तीन खेलाडी, क्याटगोरी ‘ए’ का तीन, ‘बी’ का दुई र ‘सी’ का एक खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको कोशी प्राइड प्रालिले जानकारी दिएको छ।

क्याटगोरी ‘ए’ को मूल्य ४५ देखि ६५ हजार, क्याटगोरी ‘बी’को लागि २५ देखि ४५ हजारसम्म हुनेछ। क्याटगोरी ‘सी’ को खेलाडीलाई ५ देखि २५ हजार रकम तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...