मुख्य समाचार
जिल्लाको शुभकालिका गाउँपालिका-२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
जिल्लाको शुभकालिका गाउँपालिका-२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

: जिल्लाको शुभकालिका गाउँपालिका-२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। आवश्यक सूचकहरू पूरा भएपछि शासनयुक्त वडा घोषणा गरिएको हो।

वडाभित्र बालमैत्री शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सहभागितालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। बालश्रम, बालविवाह, हिंसा र शोषणविरुद्ध समुदायस्तरमै सचेतना अभिवृद्धि गरिएको छ। बालबालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउने अभ्यासलाई पनि संस्थागत गरिएको छ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बालबालिकाको अधिकार संरक्षण, सहभागिता र सुरक्षित वातावरण निर्माण नै समृद्ध स्थानीय शासनको आधार भएको उल्लेख गरे। उनले भने, ‘बालमैत्री नीति कागजमा मात्र सीमित नभई व्यवहारमा उतार्न स्थानीय तह प्रतिबद्ध रहेको छ।’

वडाध्यक्ष मनबहादुर शाहीले वडा नम्बर २ लाई बालमैत्री बनाउन सरोकारवाला निकाय, अभिभावक, शिक्षक र समुदायको सक्रिय सहयोगले सम्भव भएको बताउँदै आगामी दिनमा बालबालिकाको हितका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोल्दै उनले यस्तो बताएका हुन्। सभापति लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप सुरु भएको सुनेको भन्दै यस्तो नगर्न चेतावनी दिए। उनले धेरै आँखा नचम्काउन पनि आग्रह गरे। ʻम सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि मानिसहरू दौडधुप गर्न ...
: नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा प्रत्यक्ष,समानुपातिक र राष्ट्रिय सभाका गरी कूल ४३० जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीका क्षेत्रीय समिति हुँदै जिल्लाबाट पठाइएका नाममध्ये प्रदेश समितिले नवलपरासी र रुपन्देहीबाट पठाइएकामध्ये केहीको नाम थपघट गरेर केन्द्रमा सिफारिस गरेको हो । अन्य जिल्लाको यथावत छ । त्यसरी जिल्लाबाट आएका नाममध्ये १३९ जना ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको हात नरहेको जिकिर गरेका छन्। आइतबार विराटनगरमा आयोजना गरिएको कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावनाबारे युवासँग संवादमा बोल्दै उनले भदौ २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताएका हुन्। भदौ २४ गते गरिएको ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चालू आर्थिक वर्षमा संघीय संसदमा पेस गर्नका लागि १ सय २१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको बताएका छन्। सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा मन्त्री सिन्हाले यसअघि नै तय भएका विधेयकहरूमध्ये १ सय २१ वटा विधेयकहरूको प्राथमिकता ...
: वीरगन्जबाट प्रहरीले फेरि ठूलो परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। एक हप्ताअघि मात्रै वीरगन्जबाटै १७६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले शनिबार राति भने २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो। वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुरबाट शनिबार राति प्रहरीले एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम