: सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबारजमा ३२ वर्षीया महिलाले आत्मदाह गरेकी छन्।
हरिहरपुरगढी–४ महेन्द्रझ्याडी स्थायी घर भइ हाल कमलामाई नगरपालिका–४ धुराफाटमा बसोबास गर्दै आइरहेकी ३२ वर्षीया सुशिला बम्जनले शरीरमा आगो लगाएर आत्मदाह गरेकी हुन्।
आइतबार साँझ उनले आफ्नै घरको कोठामा प्रेटोलिएम पदार्थ छर्की आत्मदाह गरेको प्रहरीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार बुहारीको शरीरमा आगो लागेको देखेर आगो निभाउने क्रममा उनका ससुरा दुर्गामान बम्जन समेत घाइते भएका छन्। घाइतेको प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सुवेदीको भनाई छ।