मुख्य समाचार
अमेरिकामा दोषी प्रमाणित यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी मुद्दाका लामो समयदेखि प्रतीक्षित फाइलहरू आंशिक रूपमा सार्वजनिक गरिएपछि पीडित तथा सांसदहरूले तीव्र असन्तोष व्यक्त गरेका छन् ।
अमेरिकामा दोषी प्रमाणित यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी मुद्दाका लामो समयदेखि प्रतीक्षित फाइलहरू आंशिक रूपमा सार्वजनिक गरिएपछि पीडित तथा सांसदहरूले तीव्र असन्तोष व्यक्त गरेका छन् ।

। अमेरिकामा दोषी प्रमाणित यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी मुद्दाका लामो समयदेखि प्रतीक्षित फाइलहरू आंशिक रूपमा सार्वजनिक गरिएपछि पीडित तथा सांसदहरूले तीव्र असन्तोष व्यक्त गरेका छन् ।

धेरै कागजातका पृष्ठहरू कालो पारिएको र तस्वीरहरू सेन्सर गरिएको भन्दै उनीहरूले यसलाई उच्च तहको ढाकछोपको निरन्तरता भनेका छन् ।

अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको सामग्रीमा पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा एपस्टिनको सामाजिक घेराका अन्य चर्चित व्यक्तित्वहरू मिक जागर र माइकल ज्याक्सनका तस्वीरहरू समावेश थिए ।

तर कागजातको ठूलो अंश रिडक्ट गरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि तथ्य लुकाउन खोजिएको आरोप थप चर्किएको छ ।

डेमोक्रेट सांसदहरूले ट्रम्पको तस्वीर समावेश भएको एउटा फोटो पछि हटाइएको भन्दै जवाफ मागेका छन् ।

वरिष्ठ डेमोक्रेट नेता चक शुमरले ‘यदि यस्ता सामग्री हटाइँदै छन् भने, कति धेरै कुरा लुकाउन खोजिँदै छ भन्ने कल्पना गर्न सकिन्छ’ भन्दै यसलाई अमेरिकी इतिहासकै ठूलो आवरणमध्ये एक हुन सक्ने टिप्पणी गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार फाइलको भण्डारबाट दर्जनौँ अन्य तस्वीरहरू पनि हटाइएका छन् ।

न्याय मन्त्रालयले भने फाइल फिर्ता लिने निर्णयको बचाउ गर्दै कानूनअनुसार सावधानीपूर्वक समीक्षा र रिडक्सन जारी रहने जनाएको छ ।

पूर्ण रूपमा रिडक्ट गरिएका कागजातमध्ये ‘ग्रान्ड जुरी–न्युयोर्क’ लेबल गरिएको ११९ पृष्ठको दस्तावेज पनि रहेको छ ।

एपस्टिनबाट बाँच्न सफल जेस माइकल्सले आफूले एफबिआई टिप लाइनमा दिएको जानकारी र पीडितका बयान फेला पार्न घन्टौँ खोज्दा पनि केही नभेटिएको बताएका छन् ।

‘के यही सरकारले गर्न सक्ने सबैभन्दा राम्रो हो ?’, भन्दै उनले पीडितलाई न्याय नदिइएको गुनासो गरे ।

यद्यपि फाइलहरूले ट्रम्पसहित धनी र शक्तिशाली व्यक्तिहरूसँग एपस्टिनको घनिष्ठ सम्बन्धबारे केही सङ्केत दिएका छन् ।

केही फाइलमा नग्न वा अर्धनग्न आकृतिका सेन्सर गरिएका तस्वीरहरू छन् भने अपमानित पूर्व राजकुमार एन्ड्र्युका पहिले नदेखिएका तस्वीरहरू पनि समावेश छन् ।

अन्य तस्वीरहरूमा क्लिन्टन हट टबमा आराम गरिरहेको र एपस्टिनकी सहयोगी घिस्लेन म्याक्सवेलसँग पौडी खेलिरहेको देखिन्छ, यद्यपि ती आंशिक रूपमा कालो पारिएका छन् ।

ट्रम्पका सहयोगीहरूले क्लिन्टनलाई लक्षित आरोप लगाए पनि उहाँका प्रवक्ताले ह्वाइट हाउसले कसैलाई बचाउन फाइल लुकाएको आरोप अस्वीकार गरेका छन् ।

कागजातमा ‘आज रातको लागि केटी छ’ जस्ता वाक्यांशसहितका हस्तलिखित नोटहरू पनि भेटिएका छन् ।

रिपब्लिकन सांसद थोमस म्यासीले यो विमोचन कानूनको भावना र अक्षर दुवैको गम्भीर उल्लङ्घन भएको टिप्पणी गर्नुभयो ।

उप महान्यायाधिवक्ता टोड ब्लान्चेले भने ट्रम्पलाई जोगाउन केही पनि रोकिएको छैन भनी दाबी गरेका छन् ।

एपस्टिनको सन् २०१९ मा न्युयोर्कको जेलमा यौन बेचबिखन मुद्दाको पर्खाइमा मृत्यु भएको थियो । उक्त मृत्युलाई आत्महत्या ठहर गरिएको थियो ।

काङ्ग्रेसको दबाबपछि ट्रम्पले गत महिना फाइल सार्वजनिक गर्न बाध्यकारी कानूनमा हस्ताक्षर गरेका हुन् ।

एपस्टिनकी पूर्व प्रेमिका घिस्लेन म्याक्सवेल भने कम उमेरका केटीहरू भर्ती गरेको अभियोगमा २० वर्षको सजाय भोगिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम