मुख्य समाचार
हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ
हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ

। हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । ‘अवतार : फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेपाः बक्सअफिसमा बलियो डेब्यू गरेको छ ।

मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक हो । रिलिज अघि नै फिल्मले नेपालमा ७० लाखको अग्रिम टिकट विक्री गरेको थियो ।

फिल्मले शुक्रबार, शनिबार र आइतबार मध्यान्हसम्म नेपालमा २ करोड २० लाख नेरु ग्रस कमाएको छ । धेरैपछि कुनै हलिउड फिल्मले २ करोडमाथिको सप्ताहन्त ओपनिङ गरेको हो ।

तरपनि फिल्मको रिभ्यू मिश्रित भएकाले यो फिल्म कति अघि जान्छ भन्ने कुरामा अन्योल छ ।

रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउडको फिल्म ‘धुरन्धर’ ले नेपालमा आइतबार मध्यान्हसम्म ७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । धेरैपछि कुनै हिन्दी फिल्मले नेपालमा यति राम्रो कमाइ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२५ मा नेपालले जति पनि विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगितामा भाग लियो, त्यसको नतिजामा एउटा समानता देखिएको छ । कसैले पनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् । मिस अर्थ, मिस इन्टरनेसनल, मिस युनिभर्स हुँदै मिस कोस्मोसम्म आइपुग्दा नेपालको नतिजा त्यस्तै देखिएको छ । शनिबार बेलुका भियतनाममा आयोजित मिस कोस्मोमा पनि नेपाली सहभागी दीपशिखा नेपाल अन्तिम २१ मा ...
काठमाडौं महानगरपालिका वडा नं २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने
। सन् २०२५ सकिन केही दिन मात्र बाँकी छ । पछिल्ला १२ महिनामा केही उत्कृष्ट कोरियाली श्रृंखला ओटीटीमा रिलिज भए । चाहे त्यो “व्हेन लाइफ गिव्स यू टेंजरिंग’ होस् वा “स्क्विड गेम’ को अन्तिम सिजन । तर, दर्शकमा छाप छाडेका शीर्ष ५ दक्षिण कोरियाली सिरिज छन्, जसमा थ्रीलर र काल्पनिक कथा समावेश थिए । यसवर्षका उत्कृष्ट ...
। ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना गरिएको छ । मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि पुन:स्थापना गरिएको हो । बुधबार बोस्नियाको एक शहरमा पूर्ववत् स्थानमा स्थापना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नन चक कुङ-फू स्टिक समातेर रक्षात्मक स्थितिमा उभिएको ब्रुस लीको पूर्ण कदको कांस्य ...
। विश्वले पर्खिरहेको फिल्म ‘अवतार’ को तेस्रो श्रृंखला शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ । नेपालमा ११ दिनअघि नै यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु भैसकेको छ । यस्तोमा, ‘अवतार : फायर एण्ड एस’ को पर्खाइ नेपाली दर्शकमाझ पनि देखिन्छ । यसको स्पष्ट संकेत, मंगलबार दिउँसोसम्म विक्री भएको टिकट संख्या र ग्रस कलेक्सनलाई लिएर देख्न सकिन्छ । मंगलबार बिहान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम