संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् ।
ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’
उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...